लोक दोहोरीकाे सर्वोत्कृष्ट गायिकाको ‘पब्लिक च्वाइस अवार्ड’ श्रीदेवीलाई
अमृत अधिकारी || ७ चैत्र २०७५,बिहीबार १३:५५
रानीमहल पाल्पा, ७ चैत । नेपाली लोक दोहोरी क्षेत्रकी बहुचर्चित राष्ट्रिय गायिका श्री श्रीदेबी देवकोटाले यस वर्षकै सर्वोत्कृष्ट लोक दोहोरी गायिकाको पब्लिक च्वाईस अवार्ड चुम्नुभएकाे छ ।
“कला र संस्कृती गौरवपूर्ण शान, कलाकर्मीको उत्थानको लागि हाम्रो अभियान” भन्ने मूल नाराकासाथ अघि बढेको राष्ट्रिय संगीतकर्मी सघं नेपालको संरक्षकत्वमा राष्ट्रिय संगितकर्मी सघं जिल्ला कार्यसमिति नबलपरासीले उहाँलाई उक्त अवार्ड प्रदान गरेको हो ।
चैत्र २ गते राष्ट्रिय संगीतकर्मी म्यूजिक अवार्ड २०७५ को आयोजना गरेर बिभिन्न २९ बिधाका श्र्रष्ठा र सर्जकलाई नबलपरासी जिल्लाको बर्दघाटमा एक भब्य कार्यक्रमका बीच अवार्ड बितरण गरिएको थियो ।
आफूले राम राम राम गए बन बोलको लोक दोहोरी गीतमा पब्लिक च्वाईस अवार्ड हात पार्दा धेरै खुसी भएको र लोकदोहोरीको क्षेत्रमा अझ सशक्त रुपमा लाग्ने प्रेरणा मिलेको उहाँले बताउनुभयो ।