X

पाल्पामा अन्तर्राष्ट्रिय जातिभेद तथा रङ्गभेद उन्मूलन दिवश मनाइयाे

अमृत अधिकारी || ७ चैत्र २०७५,बिहीबार १३:२६

रानीमहल पाल्पा, ७ चैत । दलित अधिकारका लागि साझा अभियान पाल्पा नेपालको आयोजनामा ५४ औं अन्तर्राष्ट्रिय जातिभेद तथा रङ्गभेद उन्मूलन दिवशका अवसरमा “संविधान कार्यान्वयनमा दलित समुदायको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रम पाल्पाको बगनाशकाली गाउँपालिकामा सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि बगनाशकाली गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बश्यालले जातीय विभेद अन्त्यको लागि स्थानीय सरकारले भूमिका खेल्ने बताउनुभयो । उहाँले सरोकारवाला निकायको पहल विना जातीय विभेद अन्त्य नहुने भन्दै विभेद अन्त्यको लागि स्थानीय सरकार अभियानका साथ अगाडि बढ्न आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा उपाध्यक्ष सरस्वती चिदी, नेकपा पाल्पाका नेता राजेन्द्र विश्वकर्मा, बगनाशकाली गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष इश्वर कुमार राना, गाउँ कार्यपालीका सदस्य तेजप्रसाद रसाइली, न्यायीक समिति सदस्य कुलबहादुर ढुंगाना, पूर्वखोला गाउँपालिकाकी कार्यपालिका सदस्य सुकुनराज सि.केले बोल्नुभयो ।

यस्तै माथागढी गाउँपालिकाका कार्यपालिका सदस्य तारा रसाली, नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चा पाल्पाका अध्यक्ष खुमबहादुर विक, दलित संघ पाल्पाका अध्यक्ष लक्ष्मण हिताङ्ग, दलित अगुवा सूर्यप्रकाश दर्नाल, सुवी विकले धारणा राख्नुभयाे ।

यस्तै दलित समन्वय समिति रामपुरका अध्यक्ष अर्जुन सुनार, नेपाल पत्रकार महासंघ पाल्पाका कोषाध्यक्ष मिलन विश्वकर्मा, दलित महिला संघ पाल्पाका पूर्व अध्यक्ष सुजता पौडेल लगायतले नयाँ संविधानमा प्राप्त उपलब्धीलाई कार्यान्वयन गर्न सके जातीय विभेद न्यूनीकरण हुने बताउनुभयो ।

कार्यक्रममा साझा अभियानका अध्यक्ष बिष्णु बहादुर बोमरेलले संविधान कार्यान्वयनमा दलित समुदायको भूमिका विषयमा अवधारण पत्र प्रस्तुत गर्नुभएको थियो । उक्त अवधारणापत्र माथि जातीय मुक्ति समाजका केन्द्रिय सदस्य ठाकुर प्रसाद लोहागुन र अधिवक्ता लालकुमारी रानाले टिप्पणी गर्नुभएको थियो ।

साझा अभियानका उपाध्यक्ष दिनेश गन्दर्भले स्वागत गर्नुभएको कार्यक्रममा पाल्पाली दलित आन्दोलनमा अगुवाई गर्नुभएका दलित महिला संघ पाल्पाका पूर्व अध्यक्ष सुजता पौडेल, दलबहादुर राजपुत र मुक्ति कालीराजलाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

साझा अभियानका अध्यक्ष बिष्णु बहादुर बोमरेलको सभापतित्वमा भएको कार्यक्रमको सञ्चाल सचिव रतन कुमार विश्वकर्माले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys