X
0
Shares

पाल्पाका गाउँघरमा पाँच दिनसम्म नाचिने ‘फागु नाच’ नाच्नै छाडे

अमृत अधिकारी || ६ चैत्र २०७५,बुधबार ०४:३३

रानीमहल पाल्पा, ६ चैत । केही वर्ष अघिसम्म फागु पर्वमा नाचिने नाच विस्तारै नाच्न छाडिएको छ । फागु पर्वको अवसरमा तीन दिनसम्म नाचिने फागु नाच प्रति युवा पुस्ताले चासो नदेखाए पछि यो लोप हुने अवस्थामा पुगेको छ ।

होलीको अघिल्लो दिनदेखि होलीको भोलीपल्ट तीन दिनसम्म होली नाचन भन्दै मादल, बाजासँगै नाचिने फागु नाच अचेल देखिन छाडेको छ ।

फागु पर्वमा नाचको आफ्नै महत्व र विशेषता भए पनि विस्तारै नाच देखिन छाडेको पाल्पाका स्थानीय बासिन्दा बताउँछन् । फागुमा होलिकाको कथासँगै गाथा गाएर गीतसँगै नाच तीन दिनसम्म टोल–टोलमा गुन्जन्थ्यो बुद्धिजीवि निर्मल श्रेष्ठले भन्नुभयो तर पछिल्लो पाँच वर्षयता विस्तारै फागु नाच र गीत हेर्न र सुन्न पाइएको छैन ।

तराई तथा मधेशमा फागु नाच ननाचे पनि पहाडी जिल्ला पाल्पामा फागुन नाच परम्परादेखि नै नाचिने गरेकोमा अहिले फागु नाच देखिन छाडेको बुढापाकाहरू बताउँछन् ।

फाइल तस्विर ।

युवा पुस्ताले फागु नाच र परम्परालाई भन्दा आधुनिक र पाश्चात्य गीत सङ्गीतमा ध्यान दिन थालेपछि फागु नाच नेपाली संस्कृतिबाट लोप हुँदै गएको तानसेनका स्थानीय बासिन्दा राजेन्द्रगोपाल सिंहले बताउनुभयो ।

फागु नाचमा गीतसँगै मादल र अन्य बाद्यवाादनको तालमा पुरुषहरू नाच्ने प्रचलन थियो । घर–घरमा यस्ता नाच नाच्दै जादा घरबेटीले नाचमा सहभागी भएकालाई घरमा भएको अन्न, तरकारी, खाने परिकार तथा पैसा गच्छे (सक्दो) दिने र रमाईलो गर्ने प्रचलन थियो ।

यो नाचले परिवार मनोरन्जन प्रदान गर्नुका साथै आपसी सद्भाव र स्नेह बाँड्ने गरेको बुढापाका बताउँछन् । तर अहिले शहरमा मात्र होइन ग्रामीण भेगमा समेत फागु नाच नाच्ने चलन धेरै कम भईसकेको पाल्पाका बुढापाकाकाे भनाइ छ ।

पहिले तीन दिनसम्म रातदिन पनि फागु नाच्ने चलन थियो उहाँले भन्नुभयो विस्तारै दिन र साँझमा मात्र नाच्ने गरियो अहिले नाच्नै छाडियो बगनासकालीका माेहन थपाले भन्नुभयो ।

युवापुस्ताले फागु नाच्न वेवास्ता गरेका कारण फागु पर्वमा नाचिने फागु नाच लोप हुँदै गएको उहाँले उल्लेख गर्नुभयो । अहिले फागु पर्वमा विभिन्न रङ्ग अनुहारमा पोत्ने, लोला हान्ने, जबर्जस्ती रङ्ग हान्ने संस्कृति विकास भएको छ तर आफ्नै खास संस्कृतिको संरक्षणमा कसैले ध्यान नदिएको गुनासो बुढापाकाको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys