X

रामपुरमा पञ्चेबाजा दिएपछि बाजाको तालमा नाचे वडाध्यक्ष र सहभागी

अमृत अधिकारी || ५ चैत्र २०७५,मंगलवार १५:४०

सीता डोटेल पाल्पा, ५ चैत । संस्कृति संरक्षणमा रामपुर नगरपालिका वडा नम्बर ६ लागेको छ । यस चालु वर्षमा वडाका पञ्चेबाजा बजाउन सक्रिय दमै समुदायका अगुवालाई उत्साहित बनाउदै वडा कार्यालयले पंञ्चेवाजा खरिद गरी उनीहरुलाई हस्तान्तरण गरेको छ ।

वडाले विनियोजन गरेको ६० हजारबाट पञ्चेबाजाको ८ थान सेट उपलब्ध गराएको रामपुर नगरपालिका वडा नम्बर ६ का अध्यक्ष हुमनाथ न्यौपानेले बताउनुभयो । वडामा सक्रिय श्रीकृष्ण पञ्चेबाजा समूहकै समन्वयमा बाजा खरिद गरी नगरपालिकामा आयोजित कार्यक्रममा बाजा हस्तान्तरण गरिएको हो ।

श्रीकृष्ण पञ्चेबाजा समुहका सदस्यहरुलाई नगरपालिकामा बाजा हस्तान्तरण गर्दै रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापाले कलासंस्कृति उत्थानमा नगरपालिकाले सबै समुदायलाई समेट्दै सहयोग गरेको बताउनुभयो ।

हाम्रो कला र संस्कृतिले हाम्रो अस्तित्वलाई बचाइराख्छ र हाम्रो पौरखत्व जोगराइराख्छ त्यसैले सुभकार्यमा घन्काइने बाजालाई जोगाइराख्न लोकप्रियता बढाउन समुहलाई सहयोग गरेको बताउनुभयो ।

नगरपालिकाका नगर उपप्रमुख बिष्णुदेवी घिमिरे आचार्यले समाजमा होहल्ला नमच्याई आफ्नो पौरख र नेपालीको बाजालाई नमुना बनाउन आग्रह गर्नुभएको थियो ।

नगरपालिकाका सल्लाहाकार देवराज ढकालले पञ्चेबाजा बजाउने पुरानो संस्कार दमै समुदायमा भएकाले कतिपय बिकृति फैलिएको बताउनुभयो । अहिले अन्य समुदाय पनि बाजा संरक्षणमा जागेको बताउदै अबसर सँगै यसमा चुनौती थपिएकोले इमान्दार भएर बाजा बजाउनमा निरन्तर लाग्नुपर्ने बताउनुभयो ।

शुभकार्यमा बोलाइने दमै बाजा समुहका कतिपय कलाकार पेय पदार्थ खाएर बाजा बजाउनै नसकेर फर्काइनुपर्ने स्थिति छ इमान्दार हुनुहोस् पेशा व्यवासाय सुरक्षित हुनु जरुरी छ ढकालले भन्नुभयो ।

बाजा हस्तान्तरण पछि खुसी हुदै समुहले बाजको तालमा जनप्रतिनिधि, कर्मचारी सहित उपस्थितहरुलाई नगरपालिका कार्यालयमा पञ्चेबाजा बजाएर छमछमी नचाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys