X

प्रशिद्ध ‘भैरवस्थान’ क्षेत्रमा एक साता सांस्कृतिक महाेत्सव हुने

अमृत अधिकारी || ५ चैत्र २०७५,मंगलवार १५:३२

रानीमहल पाल्पा, ५ चैत । ऐतिहासिक एवं धार्मिक स्थल भैरवस्थानको प्रचारप्रसार र यहाँको कला र संस्कृति आदानप्रदान गर्ने उद्देश्यले साताव्यापी सांस्कृतिक महोत्सव हुने भएको छ ।

भैरवस्थान क्षेत्रमा रहेका पुराना कला, संस्कृति नयाँ पुस्तामा हस्तान्तरण गर्ने तथा त्यस क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्यका साथ एक साता लामो सांस्कृतिक महोत्सव गर्न लागिएको हो ।

आयोजकले मंगरबार तानसेनमा पत्रकार सम्मेलन मार्फत भैरवस्थानमा क्षेत्रमा रहेका फागु नाच, मगर तथा नेवार समुदायमा प्रचलित कला र सभ्यता, बाह्मण तथा क्षेत्री समुदायको रहेका संस्कृतिको प्रस्तुती गर्ने जनाएको छ ।

सांस्कृतिक महोत्सव मूल समारोह समितिका संयोजक तथा रिब्दीकोट गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी खनालले चैत ७ गतेदेखि १३ गतेसम्म बिबिध कार्यक्रम गरेर सांस्कृतिक महोत्सव गरिने जानकारी दिनुभयो ।

चैत ७ गते फागु नाच प्रदर्शन, ८ र ९ गते सरसफाई कार्यक्रम, चैत १० गते रक्तदान, ११ र १२ गते प्रचरप्रसार र अन्तरक्रिया कार्यक्रम र १३ गते गाउँपालिका स्तरीय विविध सांस्कृतिक झाँकी प्रस्तुत हुनेछ ।

सांस्कृतिक महोत्सवले आपसमा सहयोगी भावनाको विकास र आपसी दायित्व पूरा गर्न सघाउने रिब्दीकोट गाउँपालिका वडा नं. ४ भैरवस्थानका अध्यक्ष दुर्गाप्रसाद खनालले जानकारी दिनुभयो ।

पहिलो पटक यस क्षेमा गर्न लागिएको यो कार्यक्रमले रिब्दीकोट क्षेत्रमा जन्मनुभएका तर कर्मथलो अन्तै बनाउनुभएका व्यक्तिहरुलाई चुलो निम्तो गरिएको बताउनुभयो । सबैको सहयोगी भावनाले महोत्सव सफल हुने विस्वास अधिकारीले गर्नुभयो ।

रिब्दीकोट गाउँपालिका, वडापालिका, भैवस्थान मन्दिर व्यवस्थापन समिति, स्थानीय व्यापारी, व्यवसायी, राजनीतिक दल, समाजसेवीको सहयोगमा महोत्सव गर्न लागिएको आयोजकले जनाएको छ ।

भैरवस्थान पश्चिम नेपालकै एउटा आस्थाको केन्द्र रहेको र उक्त मन्दिरको दर्शन गरे मनोकामना पूरा हुने धार्मिक विस्वास रहँदै आएको छ । मन्दिरमा हरेक साताको मंगलबार र शनिबार विशेष पूरा गर्ने प्रचलन रहेको छ भने दशैँ, मंसिर र बैशाखमा यहाँ भक्तजनको विशेष घुँइचो लाग्छ ।

भैरवस्थान मन्दिरमा अहिले पनि वार्षिक झण्डै एक करोडको आम्दानी हुने मन्दिर पनि हो । भेटी तथा पूजा कर्म उचित व्यवस्थापन गरिदा यहाँ आम्दानी तथा खर्च पारदर्शी गर्न सहज भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys