तानसेनमा लागु औषध सहित दुई युवा पक्राउ
अमृत अधिकारी || ५ चैत्र २०७५,मंगलवार १३:४४
रानीमहल पाल्पा, ५ चैत । जिल्ला प्रहरी कार्यालय पाल्पाको टोलीले लागु औषध सहित दुई जना युवालाई तानसेनमा पक्राउ गरेको छ ।
सोमवार साँझ करिब ७ बजेको समयमा तानसेन नगरपालिका वडा नं. ४ हुलाकमोड बाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रुपन्देही साबिक फरेना गाबिस वडा नं. ५ घर भई हाल पाल्पा तानसेन नगरपालिका वडा नं.४ मा डेरा गरी बस्ने वर्ष २० को सहाबुद्दिन नाँउ र २४ वर्षका मोह्म्द मियाँ रहेका छन् ।
तानसेन नगरपालिका वडा न. ५ बस्ने वर्ष २४ को मोहमद मिँयासंग लागू औषध ब्राउन सुगर खरिद गरी बोकी हिडेको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, पाल्पाबाट प्र.नि.को कमाण्डमा टोली खटिई गई सहाबुद्दिन नाँउको शरिर खानतलाशी गर्दा निजको साथबाट लागु औषध ब्राउन सुगर जस्तो चिज बस्तु २६ (छब्बिस) मिलिग्राम सहित भेटिएको प्रहरीले जनाएको छ ।