X
0
Shares

परीक्षा मर्यादित बनाउन रामपुर नगरपालिकाद्वारा अनुगमन

अमृत अधिकारी || ४ चैत्र २०७५,सोमबार १४:२९

सीता डोटेल पाल्पा, ४ चैत । रामपुर नगरपालिकाले नगरका प्रत्येक विद्यालयमा परीक्षा अनुगमनलाई जोड दिएको छ । नगरपालिकाका परीक्षा केन्द्रमा मर्यादित, शान्त वातावरण र चिट लेस केन्द्रको रुपमा विकास गर्न नगरपालिकाले अनुगमनलाई प्राथमिकता दिएको हो ।

अहिले रामपुर नगरपालिकामा कक्षा ८ को नगर स्तरीय परीक्षा सँगै विद्यालयको वार्षिक परीक्षा चलिरहेको छ ।

गतवर्ष नगरपालिकाले पहिलो पटक कक्षा ८ को परीक्षा आफैंले लिएको थियो । गतबर्षको परीक्षा सञ्चालन सिकाईलाई अझ शसक्त र व्यवस्थित गर्दै नगरपालिकाका टिमले अनुगमनलाई प्राथमिकतामा राखेर परीक्षा व्यवस्थित गरिएको नगरपालिकाले जनाएको छ ।

गतबर्ष ५ दिनमात्र बाहिरी विद्यालयका सुपरिवेक्षकको व्यवस्था गरेकोमा अहिले कक्षा ८ को परीक्षा अबधिभर अन्य शिक्षकलाई सुपरिवेक्षकको रुपमा खटाएको छ । नगरपालिका शिक्षा समितिले दैनिक पालो गरि विभिन्न विद्यालयमा अनुगमनलाई जोड दिएको नगर शिक्षा अधिकृत रमाकान्त अर्यालले बताउनुभयो ।

नगरपालिकाले विद्यार्थीलाई पढेर परीक्षा दिनुपर्छ र अनुशासित तथा सरसफाईमा ध्यान दिएर विद्यालय भित्र आउनुपर्छ भन्ने मान्यताले अनुगमनलाई महत्वपुर्ण रुपमा लिएको रामपुर नगरपालिकाका उपप्रमुख बिष्णुदेवी घिमिरे आचार्यले बताउनुभयो ।

उहाँले परीक्षा हलमा अनुगमन गरिएको बताउदै परीक्षा निकै व्यवस्थित र मर्यादित भएको बताउनुभयो । फागुन २९ गतेदेखि नै अनुगमनलाई चुस्त दुरुस्त बनाएको बताउदै उहाँले अनुगमनका क्रममा अझै कतिपय परीक्षा केन्द्रमा खटिएका शिक्षकले मोवाइल प्रयोग गरेको, बेञ्चमा बसेको र विद्यार्थीले अनाबश्यक रुपमा कपाल पालेकोले अझ त्यसलाई सुधार्न अनुरोध गर्नुभयो ।

टोलीले आज रामपुर नगरपालिका वडा नम्बर १० का भानुभक्त माबि बर्दले, जनकल्याण माबि रामटार र पहिलो पटक कक्षा ८ को परीक्षामा समाबेश गेझा सनराइज बोडिङ स्कुलको अनुगमन गरेको हो । भानुभक्त माविमा ६६ विद्यार्थी, जनकल्याण माबिमा ४९ जना र गेझा सनराइज बोडिङ स्कुलमा ८ जना विद्यार्थी नगर स्तरीय कक्षा ८ को परीक्षामा सहभागी भएका छन् ।

अनुगमन टोलीमा नगरपालिकाका उपप्रमुख बिष्णुदेवी घिमिरे आचार्य, नगर शिक्षा अधिकृत रमाकान्त अर्याल, नगर शिक्षा सदस्य तेजकुमारी नेपाली सहितको टोली रहेको थियो ।

अनुगमनपछि बोल्दै नगर शिक्षा अधिकृत रमाकान्त अर्यालले परीक्षाको ५ औं दिनसम्म नियमित निरन्तर मर्यादित परीक्षा चलिरहेको यस्तो वातावरण बनाउने सबैमा धन्यवाद दिदै परीक्षा अबधिभर नमुना परीक्षा केन्द्रको रुपमा परीक्षा सञ्चालन गर्न आग्रह गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys