X

रामपुरमा महिलाहरूले अतिथिलाई दिए स्वीटर

अमृत अधिकारी || ४ चैत्र २०७५,सोमबार १४:०६

सीता डोटेल पाल्पा, ४ चैत । रामपुर नगरपालिकाकाको आर्थिक सहयोगमा चलेको १२ दिने स्वीटर बुन्ने तालिम समापनका अबसरमा महिलाहरुले आफूले बुनेका स्वीटर अतिथिहरुलाई मायाँको चिनो स्वरुप दिएका छन् ।

रामपुर नगरपालिकाले महिलाहरुलाई आत्मनिर्भर बनाउन सिप सिकाउने उद्देश्यले रामपुर ५ कान्जीहाउसको रेशम हलमा सबै वडाका महिलाहरुलाई समेटेर १२ दिने तालिम सञ्चालन गरेको थियो ।

नगर स्तरीय महिला लक्षित कार्यक्रम समितिको व्यवस्थापनमा चलेको तालिममा सहभागी ५२ महिलाले तयार पारेको स्वीटर प्रमुख अतिथि सहित कार्यक्रमका पाहुनाहरुलाई मायाँको चिनो हस्तान्तरण गरेर सामुहिक फोटो खिचाएका छन् ।

रामपुर नगरपालिकाका नगर प्रमुुख रमण बहादुर थापाले नगरपालिकाका हरेक वडामा यस्तै महिला आत्मनिर्भर हुने गरि आगामी दिनमा तालिम लैजान सक्ने गरि यो तालिमको सदुपयोग गर्न सहभागी दिदीबहिनीलाई आग्रह गर्नुभयो ।

यस क्षेत्रमा आउने पाहुँनालाई रामपुरको चिनोको रुपमा महिला र पुरुषले लगाउन मिल्ने स्वीटरमा अझ रामपुरमा उत्पादन भनेर चिनिने गरि उत्पादन गरेर बिक्री गर्न सक्ने गरि अगाडी बढ्न सहभागीलाई अनुरोध गर्नुभयो । महिलाले बुनेका स्वीटर उचित मुल्यमा नगरपालिकाले खरिद गरि प्रोत्साहन गर्नेछ थापाले भन्नुभयो ।

कार्यक्रममा रामपुर नगरपालिकाका नगर प्रबक्ता हुमनाथ न्यौपाने, नगर सल्लाहाकार देवराज ढकाल, नगरपालिकाका सचेतक तिर्थ प्रसाद पंगेनी, रामपुर ५ का वडाध्यक्ष हिमाल मल्ल, नेपाली काग्रेंसका नगर सभापति नेत्र प्रसाद भट्टराई, नेकपाका नगर अध्यक्ष कमलराज भट्टराई, नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत रामहरि पाण्डे, कार्यपालिका सदस्य दुर्गादेवी भण्डारी गौतमले बोल्दै महिलाको आत्मनिर्भर र आम्दानी लिन सक्ने सीप नगरपालिकाले सिकाएकोमा अब आफैले यस व्यवासायलाई बढाउन सहभागीलाई आग्रह गर्नुभयो ।

सहभागी रामपुर नगरपालिका ६ की रमा भण्डारीले तालिमले सिप सिक्न चाहने महिलाका लागि उपलब्धिमुलक भएको बताउदै अझ यस्ता तालिम महिनौ चलाउने गरि एड्भान्स तालिमको खाचो रहेको बताउनुभयो ।

तालिममा रामपुर नगरपालिकाका १० वटै वडाका ५२ जना महिला सहभागी रहनुभएको थियो । सहभागीले तालिम अबधिभरमा बुनेका स्वीटर नगरपालिकाका नगर प्रमुख तथा प्रमुख अतिथि रमण बहादुर थापा सहित सल्लाहाकार, वडा अध्यक्ष, कार्यपालिका सदस्य तथा उपस्थित पाहुँनालाई मायाँको चिनो स्वरुप महिलाहरुले प्रदान गरे ।

सोही अबसरमा तालिमका सहभागीलाई प्रमुख अतिथि नगर प्रमुख रमण बहादुर थापाले प्रमाणपत्र र प्रशिक्षकलाई प्रशंसा पत्र प्रदान गर्नुभयो । तानसेनका प्रशिक्षक निलमायाँ पुन र पुनम बुढा मगरले स्वीटर बुन्ने सीप सिकाउनुभएको हो ।

महिला लक्षित कार्यक्रम समितिका संयोजक सिमादेवी रानाको अध्यक्षतामा भएको कार्यक्रममा समिति सदस्य सरस्वती भट्टराईले स्वागत गर्नुभएको थियो भने धन्यवाद समितिका सदस्य शारदा आचार्यले व्यक्त गर्नुभएको हो । कार्यक्रमको सञ्चालन रामपुर नगरपालिकाका महिला बालबालिका शाखाका प्रमुख पुजा परियारले गर्नुभएको थियो ।

रामपुर नगरपालिकाले महिलाहरुलाई आत्मनिर्भर बनाउन आयमुलक तालिम अन्तर्गत स्वीटर बुन्ने तालिम दिएको हो । विभिन्न सीपमुलक तालिमबाट स्वरोजगारउन्मुख रामपुर बनाउनका लागि प्रत्येक वडाका ५/५ जना सहित विपन्न समुदायका महिलालाई तालिम दिएको नगरपालिकाले जनाएको छ ।

नगपालिकाले स्वीटर बुन्ने तालिमसँगै नगरका महिलालाई सिलाईकटाई तालिम पनि सञ्चालन गरेको छ । स्वरोजगारको ढोका खोल्न र आत्मनिर्भर गराउन सबै वडाका प्रतिनिधित्व हुने गरि महिलालाई तालिम दिएको रामपुर नगरपालिकाका महिला बालबालिका तथा समाज कल्याण शाखाका सहायक महिला विकास निरिक्षक पुजा परियारले बताउनुभयो ।

घरायसी कामकाजमा व्यस्त महिला र समाजमा केही गर्छु भनेपनि बाटो नपाएका महिलादिदीबहिनीलाई गाउँघरमा नै बसेर आम्दानी लिन सक्ने गरि सीपमुलक तालिम चलाएको नगरकार्यपालिका सदस्य सावित्रा गौतमले बताउनुभयो ।

हातमा सीप भएका महिलाको आत्म बलियो र केही गर्न सक्छु भन्ने आँट र हौसला हुने भएकाले सानो लगानीबाट राम्रो आम्दानी हुने गरि जाडो मौसममा लगाउने स्वीटर र सिलाईकटाई तालिम दिइएको गौतमले बताउनुभयो ।

तालिममा सहभागी भएका महिलाहरु कतिपय गाउँ घर र बजारमा सटर लिएर व्यवसाय नै चलाउन सक्ने र कतिपय आफ्ना परिवार र गाँउ घरमा गुजारा चलाउन सक्ने बन्ने उद्देश्यले तालिम चलाएको नगरपालिका उपप्रमुख बिष्णुदेवी घिमिरे आचार्यले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys