चिदीपानीकाे साविक वडा स्तरीय पुरूष भलिबल खेलमा धैरेनी विजयी
अमृत अधिकारी || ४ चैत्र २०७५,सोमबार ०८:३८
बिकाश काफ्ले पाल्पा ४ चैत । पाल्पाको माथागढी गाउँपालिका-१, चिदीपानी अन्तरगत चिदीपानी युवा संजालले आयोजना गरेको सबिकको चिदीपानी गा.बि.स. वाड स्तरीय खुल्ला पुरूष भलिबल खेल प्रतियोगिताको उपाधी धैरेनीले हात पारेको छ।
खुल्ला पुरुष भलिबलमा चिदीपानी भित्रका १८ टिमको सहभागीता भएकोमा (सबिकको चिदीपानी-१) धैरेनी प्रथम भएको छ। सबिककै (चिदीपानी -९ सात्दोबाट (चिदीपानी) द्धितीय भएका छन् । तेस्तै (सबिकै चिदीपानी-९) दोहोरा तृतीय भएका छन् । उत्कृष्ट खेलाडी कमल सारूलाइ र रेफ्री झोजन सिं खत्री र मोहोन आलेलाई समेत सम्मान गरिएको थियो ।
बिजय टिमलाई चिदीपानी वाड सदस्य हिरा ब. रेग्मीले पुरस्कार क्रमस: ६ हजार ४ हजार २ हजार र मेडल र प्रमाणपत्र बितरण गर्दै खेलले शारीरिक तथा प्रतिस्प्रर्धाको बिकास हुने बताउनुभएकाे छ । कार्यक्रम संजालका अध्यक्ष सुजन सारूको अध्यक्षतामा र सचिव रामप्रसाद पोख्रेलको सञ्चालनमा सम्पन्न भएको थियो।