X

जल्पा र अर्चलेमा गर्भवती र सुत्केरी महिलालाइ निशुल्क सीम वितरण

अमृत अधिकारी || ३ चैत्र २०७५,आईतवार ०९:०४

रानीमहल पाल्पा ३ चैत । जिल्लाकाे जल्पा र अर्चलेमा गर्भवती र सुत्केरी महिलालाइ निशुल्क सीम वितरण गरिएकाे छ । पूर्वखोला -२ जल्पा ढोलिमारा र निस्दी गाउँपालिका वडा नम्बर-६,अर्चलेमा हजार दिनका आमाहरुका लागि निःशुल्क स्मार्ट सिम वितरण गरिएको हाे ।

सबैको परिवार फलोस् फुलोस्,,कुरा गरौं स्वास्थ्य पोषणको अन्तर्गत स्मार्ट सिम २४ जना महिला आमाहरु स्वास्थ्य स्वयम सेबिका लाइ वितरण गरिएको हो । बेस नेपाल सुआहाराको सहयोगमा सिम वितरण गरिएको सहजकर्ता सागर हिस्कीले बताउनु भयो ।

निस्दी गाउँपालिका वडा नम्बर-६,अर्चले,पाल्पामा हजार दिनका आमाहरुका लागि नि:शुल्क सीम वितरण गरिएको छ। सबैको परिवार फलोस् फुलोस्,कुरा गरौं स्वास्थ्य पोषणको अन्तर्गत स्मार्ट सीम ५० जना हजार आमाहरुलाई वितरण गरिएको हो । बेस नेपाल सुआहाराको सहयोगमा सीम वितरण गरिएको सहजकर्ता भगीसरा सुनारीले बताउनु भयो।हजार दिनका आमाहरु बिच सित्तैमा कुरा गर्न र स्वास्थ्य र पोषण सम्बन्धि सुचनामूलक सन्देश पनि पाउन सकिने
बताउनुभयाे ।

सीम वितरण कार्यक्रममा बोल्दै मुख्य पाहुना निस्दी गाउँपालिका वडा नम्बर-६,अर्चले,पाल्पाका वडाध्यक्ष मेख बहादुर सुनारीले स्वास्थ्य,पोषण सम्बन्धि सन्देशमूलक सूचना आदानप्रदान गर्न सीमको सही सदुपयोग गर्नुपर्ने बताउनुभएको छ।

यस पछि सिलुवा र हेक्लाङ मा पनि सिम बितरण गर्ने योजना रहेको बेसले जनाएकाे छ । हजार दिनका आमाहरु बिच सित्तैमा कुरा गर्न र स्वास्थ्य र पोषण सम्बन्धि सुचनामूलक सन्देश पनि पाउन सकिने गरि सिमकार्ड बितरण गरिएको बताइएको छ ।

उक्त सिम कार्डमा २० रुपैयाँको बोनस,१०० एमबी डाटा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys