पाल्पाकाे अर्चलेमा ट्याक्टर दुर्घटना, १० जना घाइते
अमृत अधिकारी || ३ चैत्र २०७५,आईतवार ०८:५२
होम राई मगर पाल्पा ३ चैत । निस्दी गाउँपालिका वडा नम्बर-६,अर्चले,पाल्पामा आज बिहान ट्याक्टर दुर्घटना भएको छ । लु १ त ९०४ नम्बरको ट्याक्टर मल लिएर जाने क्रममा अर्चले,सिमलडाँडा लामडाँडामा दुर्घटना भएको हो ।
दुर्घटनामा १० जना घाइते भएको छन् । घाइते हुनेहरुमा ५३ वर्षीय बोम बहादुर बयम्बु, १६ वर्षीय मनिराम बयम्बु, ५५ वर्षीय धनमाया सोमै, २७ वर्षका महेन्द्र सोमै र ५३ वर्षका नम बहादुर सोमै रहेका छन् । त्यसैगरी ३१ वर्षका मेदन सोमै,३० वर्षका हिरा मश्राङ्गी (सहचालक),५७ वर्षका हुम बहादुर सोमै र ५१ वर्षका ङन बहादुर सोमै घाइते भएका छन् ।
घाइते मध्ये महेन्द्र सोमैको अवस्था मध्यम र अन्य ९ जनाको अवस्था सामान्य रहेको घटनामा खटिएका प्रहरी चौकी जब्कादीका हवल्दार मेघराज बेलबासेले जानकारी दिनुभएको छ । घाइतेहरुलाई प्राथमिक उपचार पछि मिसन अस्पताल तानसेन पाल्पा तिर पठाइएको वडाध्यक्ष मेख बहादुर सुनारीले बताउनु भएको छ। ओरालो बाटो,घुम्ती र तीब्र गतिका कारण दुर्घटना भएको अनुमान गरिएकाे छ ।