X
0
Shares

वर्तमान सरकार जनभावना अनुसार चल्न सकेन : सभापति देउवा

अमृत अधिकारी || २ चैत्र २०७५,शनिबार ०४:२९

भाेजराज भट्टराइ पाल्पा, २ चैत्र । पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान ओली सरकारका क्रियाकलापहरू जनभावना अनुसार नभएको आरोप गलगाउनुभएकाे छ । उहाँले सरकार जनताकाे काम गर्नभन्दा अराजक र राष्ट्रघात गर्ने दिशातर्फ उन्मुख भएकाे बताउनुभएकाे छ ।

के.पी.ओली सरकार गठन भएको एक वर्ष वितिसक्ता एउटा पनि जनपक्षीय काम गर्न नसकेको जिकीर उहाँले गर्नुभयाे । पाल्पाको तानसेनमा शनिबार प्रेस युनियनले आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा ओलीसरकारप्रति त्यस्तो धारणा राख्नुभएकाे हाे ।

‘वर्ष वितिसक्यो एउटा पनि राम्रो काम गर्या होइन’ देउवाले भन्नुभयाे, ‘सिके राउतसँग राष्ट्रघाती सम्झौता भएको छ, बलत्कारीहरूको सरकारले नै बचाउ गरिरहेको छ ।’ पूर्वप्रधामन्त्री समेत रहेका देउवाले अराजक गतिविधिहरू बढ्दै गएमा त्यसको विरुद्धमा काँग्रेस आन्दोलनमा उत्रिने जनाउ दिनुभयाे । पार्टी भित्रको विवाद के हो ? भन्ने पत्रकारहरूको प्रश्नमा उहाँले महाधिवेशन चलिरहेकोले आफूहरू भिन्दाभिन्दै प्रशिक्षणका लागि देश दौडाहामा लागेको बताउनुभयाे ।

सभापति देउवाले विप्लव नेतृत्वको पार्टीलाई हिंसाको बाटो गलत भएको भन्दै हत्या हिंसा त्यागेर शान्तिपूर्ण राजनीतिमा आउन आग्रह गर्नुभयाे । हालै तराईमा पूर्व राजाप्रति देखिएको जनलहर सामान्य भएको टिप्पणी गर्दैै उनले हिन्दु राष्ट्रको माग जायज भएको जनाउनुभयाे ।

प्रेस यूनियन पाल्पाका अध्यक्ष भरत शर्माको सभापतित्वमा चलेको अन्तरक्रिया कार्यक्रममा उपसभापति मन गहिरेले स्वागत र सचिव रामचन्द्र रायमाझीले सञ्चालन गर्नुभएकाे थियाे । कार्यक्रममा कांग्रेस सह–महामन्त्री डा.प्रकाशशरण महत, नेताहरू भीष्मराज आङ्दावे लगायतको पनि सहभागिता थियो ।

शनिबार तानसेनमा नेपाल मगर संघको प्रशिक्षण एवम् राष्ट्रिय मगर जागरण अभियानमा आयोजित प्रदेशस्तरीय कार्यक्रमलाई सम्बोधन गर्न सभापति देउवा पाल्पा आउनुभएकाे हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys