X

माेटरबाटाेकाे पहुँच नहुँदा पूर्वखाेलाकाे साठीकाेल गाउँ ओझेलमा

अमृत अधिकारी || २ चैत्र २०७५,शनिबार १५:४५

डिल्लीराज पंगेनी पाल्पा, २ चैत । पूर्वखोलाको -२ जल्पाकाे साठीकोल गाउँमा अझै बाटो पुग्न सकेको छैन । दुरिको हिसावले गाउँपालिकाकाे कार्यालय रहेकाे स्थानबाट निकै टाडा पर्ने पूर्वखोला गाउँपालिका -२ साठीकोलमा मोटर बाटो पहुज नहुँदा अन्य आधारभुत आवश्यकता समेत पूरा हुन सकेकाे छैन ।

साठीकोल एउटा सुन्दर गाउँ हो जहाँ आधारभुत तहकाे पढाइ गाउँमा नै शिक्षा हुन्छ । खानेपानी, बिद्युतलगायतको सुबिधा पुगेपनि अहिलेसम्म सडक
बिस्तार हुन सकेकाे छैन ।

तर पछिल्लाे समय स्थानीय तह बनेपछि पूर्वखाेला गाउँपालिका र वडापालिकाकाे रकमले गाउँमा बाटाे पुर्याउने पहल भइरहेकाे छ । गाउँमा अहिले पनि बाटाे पुर्याउने काम भइरहेकाे छ, वडा अध्यक्ष नीरबहादुर सारूले भन्नुभयाे याे वर्ष पनि ५० लाखकाे काम भइरहेकाे छ ।

अहिलेसम्म यहाँ पुग्ने बाटाेकाे आधी ट्रयाक खुलिसकेकाे छ । बाँकी याे वर्षकाे आवकाे अन्तसम्ममा गाउँमा माेटरबाटाे पुग्ने दावी वडाकाे छ ।

गाउँमा माेटरबाटाे नहुँदा हिडडुल गर्न, सदरमुकाम तानसेन जान र अाउन समस्या भएकाे र कृषि तथा अन्य सामग्री ढुवानी गर्न समस्या भएकाे जनप्रकाश आधारभूत विद्यालयका प्रअ दामाेदर न्याैपानेले बताउनुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys