X
0
Shares

भातृ संस्थाकाे कार्यक्रममा सहभागी हुन कांग्रेस सभापति देउवा पाल्पामा

अमृत अधिकारी || १ चैत्र २०७५,शुक्रबार १५:५२

रानीमहल पाल्पा, १ चैत । प्रमूख प्रतिपक्ष दलका नेता तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा शुक्रबार साँझ पाल्पा आइपुग्नु भएको छ ।

शनिबार तानसेनमा कांग्रेस निकट राष्ट्रिय मगर संघ ५ नं. प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटनका लागि उहाँ शुक्रबार साँझ पाल्पाको सदरमुकाम तानसेन आइपुग्नुभएको हाे ।

पूर्वप्रधानमन्त्री समेत रहनुभएका देउवा शनिबार तानसेनमा हुने पार्टी निकट भातृ संस्था तथा जिल्ला पार्टीले गरेका विभिन्न कार्यक्रममा सहभागी हुनुहुनेछ ।

उहाँसँगै कांग्रेसका सहमहामन्त्री प्रकाशसरण महत, केन्द्रीय सदस्य भीष्मराज आङदम्बे पनि पाल्पा आइपुग्नुभएको जिल्ला सचिव झपेन्द्र गहिरेले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys