पूर्वखाेलामा निशुल्क स्वाथ्य र आँखा शिविर सञ्चालन
अमृत अधिकारी || १ चैत्र २०७५,शुक्रबार १५:१४
डिल्लीराज पंगेनी पाल्पा, १ चैत । पूर्वखोला गाउँपालिका-५ वीरकोट स्वास्थ्य चौकीमा १ दिने स्वास्थ्य परिक्षण तथा आँखाको निशुल्क स्वास्थ्य परिक्षण भएको छ ।
स्वास्थ्य कार्यालय पाल्पा र परिवार नियोजन संघ पाल्पा शाखा, नेपाल नेत्र संघ पाल्पा तथा लायन्स लाकौल आँखा अस्पतालको सहकार्य र पूर्वखोला गाउँपालिकाको आयोजनामा १ दिने आँखा शिबिर तथा स्वास्थ्य शिबिर सम्पन्न भएकाे हाे ।
शिबिरमा ६१ जना पाठेघर सम्बन्धी राेगका बिरामी फेला परेका छन् भने आँखा चेकजाँच १३२ जनाले गराएकाे पूर्वखाेला गाउँपालिका सूचना अधिकारी माेहन ढकालले जानकारी दिनुभएकाे छ । साेही अवसरमा आँखा राेगीहरूलाइ निशुल्क औषधि समेत वितरणा गरिएकाे थियाे ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापा, उपाध्यक्ष भागिरथी भट्टराइ, विभिन्न संघसंस्थाका प्रमूख तथा प्रतिनिधिले मनतव्य राख्नुभएकाे थियाे ।