X
0
Shares

रामपुरमा दशअबतार बालन सांस्कृतिक समितिको साधारणसभा

अमृत अधिकारी || १ चैत्र २०७५,शुक्रबार १४:५७

सीता डोटेल पाल्पा, १ चैत । पाल्पाको लोकनाटकमा प्रख्यात धर्माेदय दशअबतार बालन समितिको छौटौं बार्षिक साधारण सभा रामपुर ७ साउनेधारामा सम्पन्न भएको छ । ६ बर्षअघि देखि निरन्तर व्युतिएको विश्वकै दशअबतार बालन नाचले पछिल्लो समय निरन्तर आफ्नो गतिविधि बढाउदै आएको छ ।

नेपालका बिभिन्न जिल्लामा भएका कार्यक्रममा नाच प्रदर्शन गर्दै नेपालमै लोप हुन लागेको नाचलाई बचाएका बालन सांस्कृतिक समितिले बालन नाच टुक्का चुट्का तथा भजन कृतनका साथ साधारण सभा सम्पन्न गरेका हुन् ।

भगवान्का १० अवतारलाई श्रृङखलाबद्ध रुपमा घण्टौं लगाएर प्रर्दशन गरिने बालन नाच संस्कृतिमा जुटेका यहाँका बालनीया टोलीलाई स्थानीय तहले यसको संम्बद्र्धन र प्रर्बद्धनमा सहयोग गरेपछि अहिले बालन जुर्मुराएको छ ।

साधारण सभाको उद्घाटन गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले पर्यटन बोर्ड समेत बालनदेखि प्रभावित भएर लोपोन्मुख बालनको उत्थानका लागि नियमित सहयोग गरेको र नगपालिकाले पनि समग्र नगरको कला संस्कृतिको सम्पत्ति मानेकोले नियमित सहयोग गर्दै लैजाने बताउनुभयो । पहिला तपाईहरुले देखाउनुहोस् यसको विकासमा लाग्नुहोस् हामी नाट्यबालन जोगाउन कुनै कसर छोड्दैनौ नगरप्रमुख थापाले भन्नुभयो ।

गौरब महशुस गर्ने अस्तित्व बालनको महत्व र व्याख्या बुझ्दा निकै अर्थ दिन्छ यो हाम्रो मौलिकता हो,यसले नयाँ उर्जा दिएको छ नयाँ जोश आएको छ उहाँले थप्नुभयो– महत्व र विशेषता बुझ्नेका लागि यो अलौकिक छ ।

नेपालका पर्यटन गन्तव्यमा रामपुर नगरपालिका परेको छ पर्यटन भि¥याउन चुनौती पनि छ नगर प्रमुख थापाले भन्नुभयो–हामीले यहीका भेषभुषा कला संस्कृति परम्परा प्रर्दशन गरेर पर्यटक ल्याउनुपर्छ होमस्टे चलाएर पर्यटकलाई भुलाउदै आर्थिक उपार्जन गर्नु जरुरी छ ।

उहाँले आगमी चैत्र २२ र २३ गते हुने नदी महोत्सवमा झण्डै १ सय बढी पर्यटक बाहिरबाट आउने हुँदा बालन सांस्कृतिक समितिले यसमा रचनात्मक भुमिका खेल्न सक्ने बताउनुभयो ।

सोही अबसरमा रामपुर नगरपालिका वडा नम्बर ७ का अध्यक्ष तिर्थ प्रसाद पंगेनी, वडा नम्बर ६ का अध्यक्ष हुमनाथ न्यौपाने, ५ का अध्यक्ष हिमाल मल्ल, शुकदेव पोखरेल, गीता पौडेलले बोल्दै प्रख्यात बनेको लोकनाटक बालनलाई अझ रचनात्मक र आकर्षक गराउदै रामपुर नगरको महिमा बोकेको दशअबतारबालनबाट नगरलाई चिनाउने गरि यसको विकासमा लाग्नुपर्ने बताउनुभयो ।

समितिका अध्यक्ष लक्ष्मीचन्द्र पंगेनीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष हरि प्रसाद खनाल र सञ्चालन सचिव दुर्गा प्रसाद भट्टराईले गर्नुभएको हो । यसैबिच समितिको बन्द सत्रले अध्यक्षको बार्षिकप्रतिवेदन, सचिवको प्रतिवेदन र कोषाध्यक्ष मनोरथ भट्टराईले प्रस्तुत गर्नुभएको ८ लाख १९ हजार ४ सय ६५ रुपँयाको आम्दानी खर्च विवरण पारित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys