X

पाल्पाकाे निस्दीमा आगलागी हुँदा घर जलेर नष्ट

अमृत अधिकारी || १ चैत्र २०७५,शुक्रबार १४:४४

धन बहादुर ठाडा पाल्पा, १ चैत । निस्दी गाउँपालिका-४, मित्यालको एक घरमा आगलागी भएको छ । बिहीबार विहान खाना पकाएर आगो ननिभाएका कारणले हावाले उडाएर खरको छानामा आगो लागेको हाे ।

आमा बिमारी भएकोले केटाकेटीले खाना पकाएपछि आगो नमरेको र साेही क्रममा एक्कासी आगलागी हुँदा निस्दी-४, मित्याल झ्यालतुङपोखराका चेत बहादुर गाहाको दुई ताले घर पूर्ण रूपमा क्षति भएको छ ।

आगलागीबाट घरमा भएको अन्न, लुगाकपडा, गहना, आदुवा लगायत सम्पुर्ण समान जलेर नष्ट भएको छ । त्यहाँ वरिपरि कसैको घर नभएको र घरमा बिरामी आमा र केटाकेटी मात्रै भएकोले तत्काल आगो नियन्त्रण लिन नसकेको स्थानीय समाजसेवी तथा मित्यालका वार्ड सदस्य रन बहादुर गाहाले बताउनु भयो।

घटना स्थलमा गएको रुक्सेभन्ज्याङ प्रहरी चौकी मित्यालका प्रमुख गिर बहादुर थापाको अनुसार आगलागीबाट करिब ५ लाख बराबरको क्षति भएको बताउनु भएको छ । घटना पछि गाहाको ७ जना परिवार अहिले नजिकै गोठमा बस्दै आएका छन् ।

आगलागीबाट घर तथा लत्ता कपडा र अन्य सामग्री जलेर नष्ट हुँदा २ लाख ५० हजार बराबरकाे क्षति भएकाे प्रहरीले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys