X
0
Shares

रामपुरका महिला सिलाई कटाईप्रति आकर्षित

अमृत अधिकारी || १ चैत्र २०७५,शुक्रबार १३:५७

सीता डोटेल पाल्पा, १ चैत । सिलाई कटाई व्यवसायमा महिलाको आकर्षण निकै छ । सानो लगानीबाट आत्मनिर्भर र राम्रो आम्दानी भएपछि गाउँदेखि शहरका धेरै महिला सिलाई कटाई व्यवसायमा लागेका छन् ।

यो व्यवसायमा लाग्ने महिलाहरुको संख्या ह्वात्तै बढेको छ । त्यस्तै आकर्षणको केन्द्र बनेको छ पाल्पाको रामपुरमा शुरु भएको ३ महिने सिलाई कटाई तालिम ।

कालीगण्डकी मल्टी टेक्निकल ईन्स्टिच्युटले नगरपालिकाको सहयोगमा चलाएको तालिममा २० जनाको कोटामा ४२ जना महिलाले तालिम लिन सिफारिस ल्याएपछि अन्ततः सबै दिदीबहिनीलाई तालिममा सहभागी गराईको छ ।

१० वडा रहेको रामपुर नगरपालिकाले १० जना वडागत सहभागीतामा र थप १० जना सिटीईभीटीको न्युनतम शर्त पुरा गराएर २० जनालाई आयोजना गरेको तालिममा नगरका दिदीबहिनीको सिलाई कटाई व्यवसायमा आकर्षण बढेपछि आयोजकले रकम थप गर्ने शर्तमा तालिममा सबैलाई सहभागी गराएको छ । समयावधि भित्र वडाबाट सिफारिस लिएर आएका महिलालाई मात्र तालिममा सहभागी गराइएको छ ।

तालिममा रामपुर नगरपालिकाका सबै वडाबाट सिफारिस ल्याएका ४२ जना महिला दिदीवहिनीको सहभागिता रहेको छ । वडामा इच्छुक १÷२ महिलालाई किटान गर्न गाह्राे भयो–इच्छा हुने धेरै हुनुभयो आबश्यक परे नगरले नै मापदण्डमा छनौट गर्छ भनेर सिफारिस मागेका वडाबासीलाई सिफारिस दियौं रामपुर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष हिमाल मल्लले भन्नुभयो–केही गर्छु भन्नेहरुका लागि तालिम दिनुपनि आबश्यक छ ।

तालिमको उद्घाटन गर्दै रामपुर नगरपालिकाका नगर उपप्रमुख बिष्णुदेवी घिमिरे आचार्यले तालिममा सहभागी महिला दिदीवहिनीलाई इमान्दार भएर सिप सिक्न आग्रह गर्दै सानो–सानो पुजीबाट किन नहोस् महिला आत्मनिर्भर हुन व्यवसाय नै उत्तम भएको बताउनुभयो ।

घरेलु उद्योगमा लगानी पनि कम लाग्ने र आम्दानी पनि राम्रो हुने भएकोले यस्ता व्यवसायमा लाग्न उहाँले आग्रह गर्नुभयो । तालिममा बिभिन्न डिजाइनका कपडा सिलाउन सिकेर रामपुर बजारका सटरमा तालिम प्राप्त महिलाको व्यवसाय आफुले देख्न चाहेको बताउनुभयो ।

सोही अबसरमा रामपुर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष हिमाल मल्ल, वडा नम्बर ६ का अध्यक्ष हुमनाथ न्यौपाने, रामपुर उद्याेग वाणिज्य संघका अध्यक्ष भाेजेन्द्रप्रकाश ढकाल, नेपाली काग्रेंसका नगर सभापति नेत्र प्रसाद भट्टराई, नेकपाका नगर अध्यक्ष कमलराज भट्टराई, वडा सदस्य सावित्रा गौतम, महिला समाजसेवी बिष्णुमायाँ ढकाल, पत्रकार दुर्गेश मल्लले तालिमको सदुपयोग गर्न सहभागीहरुलाई आग्रह गर्दै तालिम र महिलाको आत्मनिर्भर तथा आयआर्जनका बिषयमा आफ्ना भनाई राख्नुभएको थियो ।

रामपुर नगरपालिकाको ३ लाख सहयोगमा यो तालिम शुरु भएको हो । तालिममा लक्ष्मी पोखरेलले सहभागीलाई सीप सिकाउनुहुनेछ । कालीगण्डकी मल्टी टेक्निकल ईन्स्टिच्युटका अध्यक्ष देवराज ढकालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव निलकण्ठ भण्डारीले गर्नुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys