X

नयाँ गीत बजारमा : ‘लुट्न हुन्न देश, लुटी खाको पैसा हुन्न बेश’ (भिडियाे)

अमृत अधिकारी || १ चैत्र २०७५,शुक्रबार ०२:४०

रानीमहल काठमाडौँ, १ चैत । गायक पशुपति शर्माको ‘लुट्न सके लुट कान्छा’ बोलको गीतलाई काउन्टर दिने गरी गायक झंकार बुढाले ‘लुट्न हुन्न देश कान्छा लुट्न देश’ बोलको गीत सार्वजनिक गरेका छन् ।

केही महिना अगाडी मात्रै सार्वजनिक भएको गायक पशुपति शर्माको उक्त गीत निकै बिवादित बनेको थियो । शर्माको गीतले चौतर्फी निराशा छरेको भन्दै आलोचना भैरहेको बेला गायक बुढाले भने देश लुट्न हुन्न भन्ने संदेश दिँदै गीत ल्याएका हुन् ।

उहाँको गीतमा भनिएको छ, ‘आफ्नै देश लुटे पछि के हुन्छ र शान, लुट्न हुन्न देश कान्छा लुट्न देश, देश लुटी खाको पैसा हुन्न कहिल्यै बेश ।’

उनको गीतले सबै नेपालीलाई एकजुट हुन आब्हान गरेको छ । देश लुट्नेहरुलाई बेलैमा पहिचान गरि भ्रष्टचाररहित मुलुकको परिकल्पना उनको गीतले गरेको छ । एकता र राष्ट्रियताको संदेश दिने खालको उनको गीतलाई चौतर्फी रुचाइएको छ ।

हेर्नुस् भिडियो :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys