X

याे वर्ष एसइई परीक्षामा पाल्पाबाट ५ हजार ३८ विद्यार्थी सहभागी हुने

अमृत अधिकारी || ३० फाल्गुन २०७५,बिहीबार १५:१६

रानीमहल पाल्पा, ३० फागुन । पाल्पा जिल्लाबाट यस वर्षको एसइई परीक्षामा ५ हजार ३८ जना विद्यार्थी सहभागी हुने भएका छन् । १ सय ११ वटा सामुदायिक विद्यालय, २० संस्थागत विद्यालय र १ वटा खुला विद्यालय गरी १ सय ३२ विद्यालयबाट एसइई परीक्षामा विद्यार्थीहरु सहभागी हुनेछन् ।

यस वर्षको एसइई परीक्षा आगामी २०७५ चैत १० गतेदेखि सुरु हुँदैछ । सामुदायिक र संस्थागत विद्यालयबाट ४ हजार ९ सय ३६ जना विद्यार्थी नियमिततर्फ र १ सय २ जना विद्यार्थीहरु ग्रेड बृद्धि गर्न परीक्षामा सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई पाल्पाले जनाएको छ ।

फाइल तस्विर : गुगल ।

पाल्पामा ७ वटा विद्यालयबाट प्राविधिक धारका विद्यार्थी समेत परीक्षामा सहभागी हुनेछन् । पाल्पाबाट यो वर्ष ३४ जना विद्यार्थीले एसइई परीक्षामा सहभागी हुन नपाउने भएका छन् ।

वर्षभरि ७५ प्रतिशत हाजिरी नपुगेका र अन्य कारणले परीक्षामा सामेल हुन नपाउने व्यवस्था छ । शिक्षा विकास समन्वय ईकाइ पाल्पाले यस वर्षको परीक्षा मर्यादित बनाउन जिल्लाभरका २६ वटा परीक्षा केन्द्रलाई निर्देशन गरेको छ ।

माध्यमिक शिक्षा परीक्षालाई मर्यादित, अनुशासित, र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न उसले भनेको छ । यस्तै छात्रा परीक्षार्थीका लागि स्यानेटरी प्याडको व्यवस्थापन गर्न समेत इकाईले निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys