X

पाल्पामा मृगाैलाका बिरामीलाई निशुल्क डायलाइसिस सेवा

अमृत अधिकारी || ३० फाल्गुन २०७५,बिहीबार १४:१३

रानीमहल पाल्पा, ३० फागुन । लुम्बिनी मेडिकल कलेज प्रभासमा निशुल्कः हेमोडाइलाइसिस सेवा सुचारु भएको छ । विश्व मृगौला दिवशको अवसर पारेर बिहीबार हेमोडाइलाइसिस सेवाको शुभारम्भ गरिएको हो ।

लुम्बिनी मेडिकल कलेज, आरोग्य फाउण्डेश ललितिपुर र रोटरी क्लव अफ पाल्पाको संयुक्त पहलमा मृगौला डाइलाइसिस सेवा संचालन गरिएका कलेज संचालक समितिका कार्यकारी अध्यक्ष गोपाल बहादुर पोख्रेलले जानकारी दिनुभयो ।

विभिन्न अस्पतालमा नियमित रुपमा डाइलाइसिस सेवा लिइरहेका नियमित विरामीहरुले आवश्यक प्रक्रिया पूरा गरी आएमा उनीहरुको निशुल्कः डाइलाइसिस गरिने पोखरेलले बताउनुभयो ।

एक करोडको लागतमा संचालन गरिएको हेमोडाइलाइसिस सेवाको लागि अष्ट्रेलियन राजदुतावासबाट तीनवटा मेशिन उपलब्ध भएको अध्यक्ष पोख्रेलको भनाई छ । पाल्पा सहित छिमेकी जिल्ला स्याङ्गजा, गुल्मी, अर्घाखाँची, पर्वत लगायत जिल्लाका नागरिक यो सेवाबाट लाभान्वित हुनेछन् ।
डाक्टर तिलाचन पाण्डेले डाइलाइसिस सेवाका लागि यहाँ दक्ष, योग्य चिकित्सक रहेका छन् ।

नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजेश कुमार अर्यालले महङ्गो खर्च गरेर डाइलाइसिस गर्न जानुपर्ने मृगौला पीडितको लागि ठूलो राहत मिल्ने बताउनुभयो । गुणस्तरीय सेवा दिएर विरामी जीवन बचाउन चिकित्सकलाइ सुझाव समेत दिनुभयो ।

बिहीबार डाइलाइसिस गर्न आएका माथागढी–३ पाल्पाका इन्द्र बहादुर सारुले भैरहवा पुगेर डाइलाइसिस गर्दा वढी खर्च हुने गरेकोले अब घरबाट एक घण्टामै आएर निशुल्कः डाइलाइसिस गर्न पाएकोमा खुसी लागेको बताउनुभयो ।

विरामी अवस्थामा डाइलाइसिस गर्न टाढा जानुपर्ने बाध्यता थियो अर्का मृगौला पीडित रम्भा गाउँपालिका–हुमिनका रामबहादुर कुवँरले भन्नुभयो यो सेवा नजिक पाउँदा मजस्ता अन्य मृगौला पीडितको लागि पनि सहज हुनेभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys