Erani Mahal
पुरुषोत्तम गैरेको ‘बाहिर देख्दा दाई बैनी’ सार्वजनीक (भिडियो सहित)
1981669623Capture
रानीमहल पाल्पा ३० फागुन । पाल्पाली रोईला गायक पुरुषोत्तम गैरेको ठट्यौली राईला गीत ‘बाहिर देख्दा दाई बैनी’ नाकाे गीत युट्युवबाट बजारमा सार्वजनीक भएको छ । गायक गैरेले आफ्नो जन्मोउत्सवको अवसर पारेर गीतलाई सार्वजनीक गर्नुभएकाे हाे । पुरुषोत्तम गैरे र निरुता गैरेको स्वर रहेको गीतको शब्द स्वयम गायक गैरेले गर्नुभएकाे छ भने गीतमा संगीत बिनोद बाजुरालीकाे रहेकाे छ । समाजका यर्थाथतालाई समेटीएको गीतले पछिल्लो समयका युवायुवतीलाई समेटेको गायक गैरेले रानीमहलसँगकाे कुराकानीमा बताउनुभयाे । शुभतारा म्युजिक प्रालीले बजार व्यबस्थापन गरेको गीतमा दिपेश न्यौपाने र प्रसिद्धी ढकालको अभिनय रहेको छ । गीतको भिडियोलाई अहिले दर्शक श्राेताकाे राम्राे साथ दिएकाे गायक गैरेले बताउनुभयाे । हर्नुहाेस भिडियाे ः
प्रकाशित मिति: बिहीबार, फागुन ३०, २०७५  ०९:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update