X
0
Shares

बन्दले पाल्पा सहित देशभरको जनजीवन प्रभावित

अमृत अधिकारी || ३० फाल्गुन २०७५,बिहीबार ०८:४३

रानीमहल पाल्पा, ३० फागुन । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीको बन्दको कारण पाल्पा सहित देशभरको जनजीवन प्रभावित बनेको छ ।

बन्दको क्रममा पाल्पामा त्यस्तो अप्रिय घटना नघटेको भएता पनि बुटवल, पोखरा, नवलपरासी, नारायणघाट, धाधिङ्ग लगायतका स्थानमा संकास्पद वस्तु तथा बम फेला परेको छ । जसले स्थानीयलाई त्रसित समेत बनाएको छ ।

बन्दले पाल्पामा फ्याट्टफुट्ट मोटरसाइकल चलेको भएता पनि लामो तथा छोटो दुरीका कुनै पनि सवारी साधनहरु चलेका छैनन् । विप्लवले आफ्ना कार्यकर्तालाई झुटा मुद्धा लगाइ गिरफतारी गरेको, धरपकड, सर्चिङ्ग आदिले स्थानीयलाई त्रसित बनाएको भन्दै पूर्व घोषित कार्यक्रम अनुसार नै नेपाल बन्दको घोषणा गरेको थियो ।

बन्दको क्रममा पाल्पाका व्यवसाय, शैक्षिक संघ, संस्था, उद्योग कलकारखाना, बैंक तथा वित्तिय संघ संस्थाहरु पूर्णरुपमा ठप्प नै भएको छ यस्तै सरकारी कार्यालयहरु खुलेका छन् तर यातायात बन्द भएका कारण सेवाग्राही नआउँदा सरकारी कार्यालय पनि प्रायः सुनसान नै बनेका छन् ।

पार्टीले दुध, एम्बुलेन्स, सबवहान, प्रेस लगायतका अत्यावशकीय यातायात संचालनमा भने कुनै रोक नलगाएको जनाएको छ ।
बन्दले पाल्पामा संचालित जिल्ला स्तरीय परीक्षा (कक्षा ८) को समेत शनिवारको लागि सारिएको छ । जिल्ला सबै स्थानीय तहले विहिवारको परीक्षा शनिवार सारेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys