X

रामपुरमा ब्रह्माकुमारी विश्वविद्यालय राजयोग भवनको उद्घाटन

अमृत अधिकारी || २९ फाल्गुन २०७५,बुधबार १४:३६

सीता डोटेल रामपुर २९ फागुन । रामपुरमा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयले आफ्नै भवन निर्माण गरेको छ । नबनिर्मित भवनको गृह प्रवेश तथा अभिनन्दन एंव स्नेहमिलन युक्त प्रवचन भएको छ ।

रामपुर नगरपालिका वडा नम्बर ५ दुर्गादेवी मन्दिर परिषरमा निर्मित भवनको गृहप्रवेश तथा समुद्घाटन रामपुर नगरपालिकाका उपप्रमुख बिष्णुदेवी घिमिरे आचार्यले रिवन काटेर गर्नुभयो । कार्यक्रममा बोल्दै नगरपालिका उपप्रमुख घिमिरेले मानव जीवन सत्यको बाटोमा डोरिन आध्यात्मिक बन्नुपर्ने बताउनुभयो । उहाँले मानव सृष्टि, कर्म, धर्म सबै शान्ति र अहिंसाको गोरेटोले कोर्ने भएकाले अरुलाई पिडा दिएर होइन की समाहित गरेर अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो । बस्ती विकास रामपुरमा शान्त मन बनाउन ब्रह्माकुमारी विश्वविद्यालयको शरणमा आएर धैर्य लिन र सत्कर्मको बाटो रोज्न यो भवनले महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो ।

कार्यक्रममा ब्रह्माकुमारी विश्वविद्यालय क्षेत्रिय निर्देशक राजयोगिनी प्रेमा शाह दिदी, समाजसेवी राजु प्रसाद श्रेष्ठ, नेपाली काग्रेंसका नगर सभापति नेत्र प्रसाद भट्टराई, वडा नम्बर ५ का वडा सदस्य बिष्णु प्रसाद बस्याल, बेझाँड बजार व्यवस्थापन समितिका अध्यक्ष विनोद श्रेष्ठ, बुद्धिप्रकाश रेग्मी लगायतले बोल्नुभएको थियो । सोही अबसरमा ब्रह्मकुमार भानुले प्रवचन दिनुभएको थियो ।

ब्रह्माकुमारी विश्वविद्यालय रिडीका ब्रह्माकुमारी गोमाको स्वागतबाट शुरु भएको कार्यक्रममा बनबाटिका पाल्पाका ब्रह्मकुमार रविनले कार्यक्रममाथि प्रकाश पार्नुभएको थियो त्यस्तै ब्रह्माकुमारी विश्वविद्यालयको औचित्य र आबश्यकतामाथि दम्कडा विश्वविद्यालयका तारा दिदीले स्पष्ट पार्नुभएको थियो ।

झण्डै ६ बर्ष अघि देखि रामपुरमा शाखा रहेको ब्रह्माकुमारी विश्वविद्यालयलाई स्थानियले जग्गा दान सहयोग गरेसँगै आफ्नै भवन निर्माण भएको हो । ब्रह्माकुमारी विश्वविद्यालय रामपुरका प्रमुख ब्रह्माकुमारी सरस्वतीले रामपुरमा यस संस्थाको महत्व दर्शाउदै सबै मानब सष्टालाई विश्वविद्यालयमा दैनिक आएर शान्तभाव लिन आग्रह गर्नुभयो । सोही अबसरमा रामपुर शाखा प्रमुख सरस्वती दिदीले भवन निर्माणका लागि आम्दानी ३६ लाख ३३ हजार ७ सय ३८ र खर्च ४६ लाख ६५ हजार ८ सय ८१ रहेको जानकारी दिनुभयो ।

राजयोग भवन निर्माणको लागि दुर्गादेवी मन्दिर पुर्ननिर्माण संरक्षण तथा परिषर संवद्र्धन समिति रामपुरका भट्टराई परिवारले झण्डै १ रोपनी क्षेत्रफलको भुमिदान गरेसँगै विभिन्न संघसस्था र व्यक्तिको दान एंव जिन्सी सहयोगबाट भवन निर्माण भएको हो । सोही अबसरमा जग्गा दान गर्नुहुने भट्टराई बन्धुहरुको दुर्गादेवी मन्दिर संरक्षण समिति र रामपुर नगरपालिकालाई अभिनन्दन गरेको छ ।

भवन निर्माणका लागि रामपुर नगरपालिकाले ३ लाख सहयोग गरेको हो । जग्गादानदाता समितिका अध्यक्ष तथा भवन निर्माण समितिका अध्यक्ष क्रृषिराम भट्टराईको अध्यक्षतामा भएको गृहप्रवेश तथा अभिनन्दन कार्यक्रमको सञ्चालन विश्वविद्यालय रामपुरका प्रमुख सरस्वतीले गर्नुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys