X

रामपुरमा निर्धन उत्थान बैंकको वित्तीय साक्षरता तालिम

अमृत अधिकारी || २९ फाल्गुन २०७५,बुधबार १४:३१

सीता डोटेल पाल्पा, २९ फागुन । निर्धन उत्थान लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय रामपुर ९ जब्गादी पाल्पाले ग्राहक सदस्यलाई वित्तीय साक्षरता तालिम दिएको छ ।

रामपुर नगरपालिका वडा नम्बर ९ का अध्यक्ष इच्छाराम सिंजालीले बोल्दै दुःखले कमाउने पैसाको महत्व बुझ्न आग्रह गर्दै कर्जाको सहि सदुपयोग गरि आम्दानी बढाउन आग्रह गर्नुभयो । निर्धन उत्थान लघुबित्त बित्तिय संस्था लिमिटेडका कार्यक्रम अधिकृत प्रेम प्रसाद सुबेदीले सदस्य परिवारमा एक जना उद्यमी बनाउन संस्थाले पहल गरी रहेको बताउदै साढे दुई दशकदेखि निरन्तर लघुवित्त सेवा मार्फत यसलाई प्राथमिकता दिएको बताउनुभयो ।

उहाँले संस्थाबाट कर्जा लिई ब्यवसाय गरी आर्थिक समुन्नत तर्फ अगाडि बढिरहेको बताउदै त्यस्ता सदस्यलाई आम्दानीको केहि हिस्सा बचत गरि योजनाबद्ध ढंगबाट मितब्ययी खर्च गर्न अननुरोध गर्नुभयो । उहाँले जब्गादी क्षेत्रमा हावापानी अनुसारका कागती खेती, बाख्र्रा पालन का माध्यमबाट सदस्य र समुह मार्फत एक गाउं एक उत्पादनलाई जोड दिन सकिने बताउनुभयो । संस्थाका ७३ सदस्यलाई संस्थाको निति कार्यक्रम बारे सहजीकरण गरिएको कार्यक्रममा लघुबित्त कार्यक्रम र सदस्यको जीवन स्तर उकास्न गर्न सकिने कार्यबारे जानकारी दिइएको थियो ।

संस्थाका ग्राहक सदस्य यम कुमारी श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा जब्गादी शाखा प्रमुख सन्त बहादुर गुरुङ्गले शाखाले गरेका कार्यक्रमबारे जानकारी दिनुभएको थियो । तालिममा वित्तीय साक्षरता कार्यक्रम, वित्तीय साक्षरताको महत्व, उद्देश्य, वित्तीय लक्ष्य निर्धारण, बचत परिचालन, कर्जा ब्यवस्थापन तथा कर्जा सदुपयोगिता, वित्तीय अनुशासन, कार्यक्रम छनौट प्रक्रिया तथा आम्दानी खर्च, जोखिम ब्यवस्थापन, बिमा, विप्रेषण सेवा, बचतको महत्व तथा बैंकको पब्लिक डिपोजिट र संस्थाले प्रदान गरेका सेवाबारे जानकारी दिइएको थियो ।

कार्यक्रमको सञ्चालन जब्गादी शाखाका कर्मचारी नवराज अर्यालले गर्नुभएको थियो । संस्थाले गत पौष मसान्त सम्ममा देशभर ३ लाख ३८ हजार २ सय घर परिवारमा सेवा दिएको संस्थामा लगानीमा कर्जा १७ अरब ९ करोड र ९ अरब ६९ करोड ग्राहक सदस्यको बचत परिचालन गरेको जनाएको छ । पाल्पा जिल्लाका पुर्बखोला गाउंपालिका र रामपुर नगर पालिका भित्र लक्षित क्षेत्रका ग्राहक सदस्य तालिममा सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys