X

भारतमा विषाक्त मदिरा सेवन गर्दा छ जनाको मृत्यु

अमृत अधिकारी || २९ फाल्गुन २०७५,बुधबार ०२:४५

कानपुर, २९ फागुन (रासस÷एएनआई) ः भारतको कानपुरमा विषाक्त मदिरा सेवन गरेकाले बाबु—छोरासहित छ जनाको मृत्यु भएको छ । उत्तर प्रदेश राज्यमा भएको सो घटनासँग जोडिएका आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएको अधिकारीहरूले मङ्गलबार जनाएका छन् ।

उनीहरूका अनुसार घटनास्थलमा २० जनाको प्रहरी टोली खटाइएको छ । सो टोलीले ७५ वटा भाडामा रहेको अवैध मदिरा बरामद गरेको छ । प्रहरीले घटनास्थलमा पुगेर शङ्कास्पद अन्य व्यक्तिको खोजी गर्नुका साथै अनुसन्धान प्रक्रिया अगाडि बढाइसकेको वरिष्ठ प्रहरी निरीक्षक अनन्त देव सिंहले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “यो घटनामा प्रयोग भएको मदिरा उत्पादन गर्नेले जिल्ला भरी नै अवैध रूपमा मदिरा विक्री गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ, त्यसलाई रोक्न अब हामीले चाँडै नै जनचेतानमूलक अभियान चलाउने छौँ ।”

उहाँले दर्ता नभएका, घरेलु, अवैध मदिरा प्रयोग नगर्न पनि सबैलाई आह्वान गर्नुभएको समाचारमा जनाइएको छ । भारतमा विषाक्त मदिरा सेवनका कारण मृत्यु हुने घटना बेलाबेलामा हुने गरेको छ । एक महिना अगाडि मात्रै उत्तर प्रदेशको कुशीनगर र उत्तराखण्डको हरिद्वारमा विषाक्ता मदिरा सेवन गरेका १५० भन्दा बढीको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys