X
0
Shares

चीनमा पढेका ११० जना डाक्टर नेपालमा फेल

अमृत अधिकारी || २९ फाल्गुन २०७५,बुधबार ०२:१८

काठमाडौं २९, फागुन । नेपाल मेडिकल काउन्सिलले विशेषज्ञ चिकित्सकका लागि दिएको विशेष परीक्षामा सहभागी चिकित्साशास्त्रमा एमडी, एमएस, एमडीएस उत्तीर्ण १ सय ५० डाक्टरमध्ये १ सय १० जना फेल भएका छन् ।

चीनमा पढेर आएका ७३ प्रतिशतभन्दा बढी डाक्टर फेल भएका हुन् । नेपालमा चिकित्साकीय अभ्यासका लागि अनुमति प्रदान गर्न लिइने विशेष परीक्षामा उनीहरु उर्त्तीण हुन नसकेका हुन् । काउन्सिलले चीनको सरकारी विश्वविद्यालयकमा समस्या नरहे पनि निजीमा डाक्टरी पढाइका लागि विद्यार्थी नपठाउन शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई सुझाव दिएको छ ।

यो परीक्षामा नेपाल, भारत, चीन, पाकिस्तान, बेलारुस, जापान, किर्गिस्तान फिलिपिन्स, दक्षिण कोरिया, रुसी महासंघ, अमेरिका र बेलायतलगायत १२ मुलुकमा पढेर आएका विशेषज्ञ डाक्टर सहभागी भएकामा ४० प्रतिशत फेल भएका थिए । यो समाचार अतुल मिश्रले कान्तिपुरमा लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys