X
0
Shares

५ नं. प्रदेश सरकारले आवधिक योजना माथि प्रदेशसभा सदस्यहरुसंग छलफल

अमृत अधिकारी || २८ फाल्गुन २०७५,मंगलवार १४:०९

रानीमहल वुटवल २८ पुस । पाँच नं. प्रदेश सरकारले आवधिक योजनाको आधारपत्रमाथि मंगलवार प्रदेशसभा सदस्यहरुसंग छलफल गरेको छ ।मुख्यमन्त्री शंकर पोखरेलले विकासको जनताको आकांक्षा पूरा गर्न र रणनैतिक लक्ष्य हासिल गर्न आवधिक योजना निर्माण गरिएको बताउनुभयो ।

उहाँले बजेटको विनियोजन अव मागका आधारमा नभई योजनाका आधारमा हुने बताउनुभयो । पूर्वाधार निर्माणलाई मात्रै विकास ठानिने प्रवृति रहेको भन्दै उहाँले पूर्वाधार निर्माण विकासको सहयोगी भएको र विकासको समग्र पक्षलाई ध्यान दिनुपर्ने बताउनुभयो ।

प्रदेशको समृद्धिको प्रस्थानविन्दु कृषि र भविष्यको समृद्धिको आधार पर्यटन भएकाले त्यसै अनुसार योजना बनाएर अघि बढ्नुपर्ने उहाँले बताउनुभयो ।
आवधिक योजनाको आधारपत्रमाथि प्रदेशसभा सदस्यहरुले महत्वपूर्ण सुझावहरु दिनुभएको छ । ती सुझावहरुलाई समेटेर आधारपत्र तयार गरिने प्रदेश योजना आयोगका उपाध्यक्ष डा. प्रकाश श्रेष्ठले जानकारी दिनुभयो । छलफलमा उपाध्यक्ष श्रेष्ठले आधारपत्र छलफलका लागि प्रस्तुत गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys