X

पूर्वखोलामा उद्यमशिलता तालिम सुरू

अमृत अधिकारी || २८ फाल्गुन २०७५,मंगलवार १४:०२

डिल्लिराज पंगेनी पाल्पा, २८ फागुन । सामाजिक परिचालन तथा चेतना अभिबृद्दि समूह तानसेन पाल्पाको आयोजना र घरेलु तथा साना उद्योग पाल्पाको सहयोगमा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत उद्यमशिलता तालिम पुर्वखोला -३ पाल्पामा सन्चालन भएको छ ।

तालिमको उत्घाटन गर्दै पुर्वखोला -३ का वडा अध्यक्ष निल्कन्ठ भट्टराईले तालिमको सफलताको शुभकामना दिदै तालिममा सहभागी महिलाहरुलाई तालिममा सिकेकाकुराहरु व्यबहारमा लागू गर्न अनुरोध गर्नुभयो ।

तालिममा पूर्वखोला गाउँपालिका भरिका ३२ जनाको सहभागिता रहेको थियो । तालिम उद्यम विकास सहजकर्ता मिना धिमाल र हुमा पुन मगरले सहजीकरण गर्नु भएको छ । तालिम -८ दिन सम्म चल्ने अायाेजकले जनाएकाे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys