X
0
Shares

प्रदेश स्तरीय महिला भलिबल छनाैट खेलमा रुपन्देही विजयी

अमृत अधिकारी || २८ फाल्गुन २०७५,मंगलवार १३:५२

रानीमहल पाल्पा, २८ फागुन । पाल्पामा जारी ८ औं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि पाँच नम्बर प्रदेश स्तरीय खेलाडी छनोट प्रतियोगिता बुद्दिचाल र भलिबल खेल सम्पन भएको छ ।

मंगलवार भएको महिला भलिबल फाईनल खेलमा रुपन्देहीले बाँके लाई ३-० को सोझो सेटमा पराजित गर्दै प्रथम स्थान हाँसिल गरेको छ, बाँके दाेस्राे भएकाे छ । यस्तै दाङ्ले बर्दियालाई ३-० को सोझो सेटमा पराजित गर्दै तेस्रो भएको छ ।

बुद्धिचालमा खेलाडी छनोट प्रतियोगितामा पुरुष तर्फ बाँकेका तीर्थ बहादुर बि.क प्रथम, दाडका दिनेश थापा दोश्रो, बाँकेका जगतलाल तुलाधर तेश्रो, बाँकेका धनराम ओली चोथौ र रुपन्देहीका बिजनमान थैव पाँचौ हुनु भएको छ ।
महिलातर्फ रुकुम पूर्वकी अन्जु शाह प्रथम, बाकेकी अनुपमा थापा दोश्रो र बाकेकै सृजना रिजाल तेश्रो गरी ८ जना खेलाडी आठौ राष्ट्रिय खेलकुदकालागी छनोट हुन सफल भएका छन ।

पुरस्कार बितरण समारोहलाई सम्वोधन गर्दे प्रदेश नम्बर ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले खेलको विकास क्रमशः हुँदै गरेको बताउदै सरकार खेल र खेलाडीको विकासका लागी विभिन्न कार्यक्रमका साथ अघि बढेको बताउनुभयो ।

अहिले ७ वटै प्रदेशमा ८ औं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि तीव्ररुपमा खेलाडी छनाैट भईरहेको छ । प्रतियोगितामा प्रदेश पाँचका ११ जिल्लाका प्रशिक्षक र खेलाडी सहित ३ सय बढीको सहभागिता रहेका थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys