X
0
Shares

तानसेनका घर भत्काएर सडक चौडा गरिने

अमृत अधिकारी || २८ फाल्गुन २०७५,मंगलवार ११:०८

रानीमहल पाल्पा, २८ फागुन । तानसेन नगरक्षेत्रभित्रका शहरी सडकहरुको विस्तार गरिने भएको छ । नगर सरकारको क्षेत्राधिकार अनुसार सहरी मापदण्ड विपरित रहेका घर टहराहरु भत्काएर सडक विस्तार गर्ने गरी तानसेन नगरकार्यपालिकाको बैठकले निर्णय गरेको छ ।

तानसेन नगरकार्यपालिकाको फागुन १५ गते बसेको बैंठकले होलाङ्गदी–बसपार्क–जिरो–ढुंगाखानी सम्मको सडकको केन्द्र विन्दुबाट १०–१० मिटर चौडा गर्ने निर्णय गरेको छ । उक्त निर्णय कार्यान्वयनको लागि सडक डिभिजन कार्यालयलाई रेखाङ्कन र प्राविधिक सहयोगका लागि नगरपालिकाको बैठकले अनुरोध समेत गरेको छ ।

यसअघि सडक केन्द्रदेखि २.५ मिटर दायाँबाँया रहेको सडकलाई विस्तार गर्ने गरी कार्यपालिकाको बैठकमा सर्वसम्मत रुपमा निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत कीर्तनराज पौडेलले जानकारी दिनुभयो ।

स्थानीय रुपमा राजनीतिक पहुँच, जनप्रतिनिधि विहिन राजनीतिक संक्रमणकालिन अवस्थाको फाइदा उठाउँदै सडक क्षेत्राधिकार भित्रको जग्गा किनबेच, घरटहरा निर्माण लगायतका कामहरु गरिदै आएको थियो ।

घर बनाउँदा सरकारले चाहेका बखत भत्काउन दिने लिखित सहमति गरेर त्यस क्षेत्रमा भौतिक संरचना निर्माण हुँदै आएको थियो, अहिले समयको माग अनुसार सडक विस्तार गर्नुपर्ने भएकोले सडक विस्तारमा अवरोध गर्नुको कुनै तुक नरहेको नगरपालिकाले जनाएको छ ।

घर नभत्काउन स्थानीयबासीको डेलिगेशन

पाल्पा– तानसेन नगरपालिकाले तानसेन बजार क्षेत्रको सडक चौडा गर्ने निर्णय गरेसँगै यहाँका उद्योगी, व्यवसायी तथा घरधनीहरु आफ्नो घर टहरा नभत्काउन तानसेन नगरपालिका र जिल्ला प्रशासन कार्यालयमा आग्रह गरेका छन् ।

उनीहरुले केहीले सडक विस्तार गरिदा आफ्नो भौतिक संरचनामा क्षति हुनुको साथै बसोवासमा समेत समस्या हुने भन्दै बुधवार तानसेन नगरपालिका र जिल्ला प्रशासन कार्यालयमा समेत डेलिगेशन गएका हुन् ।

सडक क्षेत्रभित्र पर्ने १ सय २६ जना व्यवसायी, घरधनीहरु, राजनीतिक दलका नेता समेत नगरपालिकामा डेलिगेशन गएका थिए ।
यस अघिपनि तानसेनमा आफ्नो घर भवन भत्किन्छ भनेर यहाँका व्यवसायी राजनीतिक दलका नेता, घरधनीहरुले रकम नै उठाएर काठमाण्डौं सम्म डेलिगेशन गएर ढुंगाखानी–होलाङ्गदी वाइपास सडक विस्तारको लागि सरकारलाई सहमत गराएका थिए ।

तर पछिल्लो समयमा सडक विस्तार गर्नुको विकल्प नदेखिएपछि नगरपालिकाले सडक विस्तार गर्ने निर्णय गरेको नगरपालिकाका प्रवक्ता दामोदर प्रसाद घिमिरेले बताउनुभयो । उहाँले सडक विस्तार गर्ने निर्णयमा कार्यपालिकामा सर्वसम्मत रुपमै निर्णय भएको बताउनुभयो ।

तानसेनको भविष्यको लागि सडक विस्तार अपरिहार्य : पौडेल
पुरानो शहरको रुपमा रहेको तानसेनमा पछिल्लो समयमा व्यवसायिक रुपमा धरासय बन्दै गइरहेको छ । तानसेनको व्यवसायिक सफलता, यहाँको विकास र नगरबासीको दीर्घकालिन हितको लागि सडक विस्तार गर्नुको विकल्प नरहेको तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कीर्तनराज पौडेलले बताउनुभएको छ । उहाँले तानसेन सुनसान भयो पनि भन्ने विकास निर्माणको काममा अवरोध गर्दै जानेहो भने यहाँको विकास झन् पछाडि पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys