X

हावाहुरीले तारमा आगो लाग्दा पाल्पाको विद्युत अवरुद्ध

अमृत अधिकारी || २८ फाल्गुन २०७५,मंगलवार ०७:३९

रानीमहल पाल्पा, २८ फागुन । पाल्पा बुटवल प्रशारण लाइन अन्तर्गतको विद्युत प्रशारणको मस्याम क्षेत्रमा फागुने हावाहुरीको कारण तारमा आगो लाग्दा पाल्पाको विद्युत सेवा अवरुद्ध भएको छ ।

विहान करिब ११ बजेको समयमा हावाहुरीको कारण मस्याममा पोलमा जम्परिङ गरेको तारमा आगो लागेकोले विद्युतमा समस्या आएको पाल्पा वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठले रानीमहललाई बताउनुभयो ।

उहाँले तारमा आगो लागेको खबर प्राप्त हुनसाथ मर्मत गर्न प्राविधिक टोली हिडिसकेको बताउनुभएको छ । उहाँले मर्मत गर्नको लागि ३।४ घण्टा लाग्ने भएकोले केही समय पाल्पामा विद्युत विस्तारमा समस्या हुने बताउनुभयो ।

पाल्पामा पछिल्लो समयमा गर्मि सुरुवात र हावाहुरी लाग्न थालेसँगै विद्युत वितरणमा समस्या हुँदा सर्वसाधारण भने मारमा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys