X

विश्वमै पहिलाे पटक नेपालमा कुकुरले चढ्यो वरुण हिमाल

अमृत अधिकारी || २८ फाल्गुन २०७५,मंगलवार ०२:५१

रानीमहल काठमाडौं । सामान्य मानिसहरूका लागि समेत हिमाल चढ्न निकै गाह्रो मानिन्छ, तर एउटा कुकुरले ७००० मिटर अग्लो वरुण हिमाल चढेर विश्वभरिका मानिसहरूलाई आश्चर्यचकित पारिदिएको छ । पर्वतारोहीहरूका टोलीलात्त पच्छाउँदै गएको आवारा कुकुरले टोलीसँगै हिमाल आरोहण गरेपछि अहिले माउन्टेन गाइड काजी शेर्पाले त्यसलाई पालेका छन् ।

काठमाडौंस्थित समीट क्लाइम्ब एक्सपेडिसनमार्फत गएको डन वार्गोस्कीले नेतृत्व गरेको आरोहण टोलीसँगै उक्त कुकुर वरुणत्से हिमालको शिखरमा पुगेको हो। हालसम्म शेर्पाहरूले पालेको भोटे कुकुर सगरमाथाका आधार शिविर र त्यहाँबाट कहिलेकाँही दोस्रो समीट (समीट टू)सम्म पुगे पनि शिखर नै आरोहणका यो पहिलो घटना भएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् ।

सुरूमा मिरा नाम राखिएको उक्त कुकुरले वरुणत्से आरोहण गरेपछि अहिले त्यसको नाम बरु राखिएको छ । उक्त कुकुर आरोहीहरूसँगै २ दिनसम्म हिमालका शिखर चढ्न र झर्नमा व्यस्त थियो । आरोहीहरूसँग कुकुर यति रतियो कि ऊ चिसो हिउँसँग अलिकता पनि अतालिएन, बरु आरोहीहरूसँगै उनीहरूका टेन्टमा बस्यो, डोरीमा झुन्डियो अनि हिमाल आरोहण गरिछाड्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys