X
0
Shares

वैशाखदेखि पाल्पा र दैलेखमा पेट्रोलियम खानी उत्खनन हुने

अमृत अधिकारी || २८ फाल्गुन २०७५,मंगलवार ०२:२१

रानीमहल पाल्पा, २८ फागुन । चीनको अनुदान सहयोगमा पाल्पा र दैलेखका पेट्रोलियम खानीको उत्खनन हुने भएको छ । २ वर्षभित्र सक्ने गरी चाइना जिओलजिकल सर्भे कम्पनीले वैशाख १८ देखि काम थाल्ने भएको हो ।

चीनले २ अर्ब ४० करोड रुपैयाा लगानीमा २ अर्ब वर्षभित्र उत्खनन गरी सरकारलाई खानी हस्तान्तरण गर्ने खानी तथा भूगर्भ विभाग स्रोतले जानकारी दिएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

एक वर्षअघि चिनियाँ टोली दैलेख पुगेर खानी अध्ययन गरी तयार पारेको परियोजनाको विशेष प्रतिवेदन आइतबार प्रधानमन्त्री केपी ओलीलाई बुझाएको छ । खानी तथा भूगभए विभागको महानिर्देशक डा.सोमनाथ सापकोटाको नेतृत्वमा फागुन १२–१७ चीन पुगेर चाइना जिओलजिकल सर्भेका प्रतिनिधिसँग उत्खननसम्बन्धमा छलफल गरी काम सुरु गर्ने भएको छ ।

पाल्पाकाे मस्याम क्षेत्रमा उत्खनन सुरू गरिने विभागले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys