X
0
Shares

लघु उद्यम विकास कार्यक्रम रामपुरका ३ वडामा लागु हुने

अमृत अधिकारी || २७ फाल्गुन २०७५,सोमबार १६:३३

सीता डोटेल पाल्पा रामपुर २८ फागुन । गरीवि निवारणको लागी लघुउद्यम विकास कार्यक्रम पाल्पाको रामपुर नगरपालिकामा सञ्चालन हुने भएको छ । सामाजिक परिचालन तथा चेतना अभिवृद्धि समुह नेपाल तानसेनको आयोजना र घरेलु तथा साना उद्योग कार्यालय पाल्पाको सहयोगमा रामपुर नगरपालिकामा चलेको गोष्ठीले रामपुर नगरपालिकाको वडा नम्बर १,२ र ३ मा लघु उद्यम विकास कार्यक्रम चलाउने निर्णय गरेको हो ।

जसका लागी रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको संयोजकत्वमा नगर स्तरीय उद्यम विकास समिति गठन गरेको छ । समितिको सदस्यहरुमा प्रमुख प्रशासकीय अधिकृत ज्ञानराज कोईराला, वडा अध्यक्षको तर्फ बाट वडा नम्बर १ का वडाध्यक्ष मित्रलाल कंडेल, दलित सदस्य वडा नम्बर ३ का खगीसरा वि.क. र कार्यपालिका सदस्य वडा नम्बर २ का बालकुमारी थापा रहनु भएको छ । रामपुरमा संभावना र आबश्यकताका आधारमा घरेलु तालिम सञ्चालन हुनेछ ।

गोष्ठीमा रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले विभिन्न संघ संस्थाहरुले विगतमा पनि तालिमहरु सञ्चालन गरेको बताउँदै अबको तालिम व्यवहारिक र जिवन उपयोगी हुनु आवश्यक रहेको बताउनु भयो ।

कार्यक्रममा नगर स्तरीय उद्यम विकास समितिका काम, कर्तव्य र अधिकार र तालिमको प्रक्रियाका बारेमा सामाजिक परिचालन तथा चेतना अभिवृद्धि समूह नेपाल तानसेनका सचिव एन्जिना खनालले सहजीकरण गर्नुभएको थियो । नगरपालिकाका कार्य वाहक प्रमुख तथा सचेतक तिर्थ प्रसाद पंगेनीको अध्यक्षतामा भएको कार्यक्रममा रामपुर नगरपालिकाका वडा अध्यक्ष, कार्यपालिका सदस्य तथा वडा सदस्य, उद्योग वाणिज्य संघ, सामुदायिक बन उपभोक्ता महासंघ, लक्षित आदिवासी जनजाति, दलित तथा अपाङ्गता समुहका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो ।

पाल्पाका सबै स्थानीय तहमा यो कार्यक्रम सञ्चालन हुनेछ । बार्षिक आम्दानी न्यून भएका परिवार तथा बेरोजगार युवाहरुलाई सफल उद्यमी बनाउन प्रेरित गर्ने उद्देश्यले नेपाल सरकारको समन्वयमा यो कार्यक्रम सञ्चालन भएको हो । गतबर्षदेखि पाल्पामा यो कार्यक्रम सञ्चालन भएको छ । सामाजिक परिचालन तथा चेतना अभिबृद्धि समुह नेपाल तानसेनले रामपुर नगरपालिकाबाट ५१ जना उद्यमी उत्पादन गर्ने गरि ३ वटा वडालाई छनौट गरेको जनाएको छ । गाउँपालिकामा यो कार्यक्रम अन्तर्गत ३० जना उद्यमीलाई यस्तो खालको तालिम दिइने कार्यक्रम संयोजक नारायणी शर्माले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys