X

पाल्पा अस्पतालमा बिरामीले उपचार नपाएपछि रिफर्ड कार्ड लिएर नीजिमा

अमृत अधिकारी || २७ फाल्गुन २०७५,सोमबार ११:१५

कमल अधिकारी पाल्पा, २७ फागुन । सरकारी स्वास्थ्य संस्थामा प्रभावकारी उपचार नपाएपछि रिफर कार्ड लिएर सेवाग्रही नीजि स्वास्थ्य संस्थामा उपचारका लागि जान बाध्य भएका छन् । जिल्ला सरकारी अस्पतालमा सेवा नपाएको भन्दै सेवाग्रही रिफर कार्ड लिएर जिल्लाका नीजि अस्पतालमा उपचारका लागि धाउन बाध्य भएका हुन् ।

तीन वर्षअघिदेखि स्वास्थ्य विमाबाट सेवा पाएका पाल्पाका सेवाग्रहीले अहिले सरकारी अस्पतालबाट रिफर कार्ड लिएर लुम्बिनी मेडिकल कलेज प्रभास र मिसन अस्पतालमा धाउन बाध्य भएका हुन् ।

पाल्पामा मात्रै स्वास्थ्य बिमाबाट छ हजार परिवारका एक लाख १० हजार बढी मानिसले स्वास्थ्य सेवा लिएपनि सबैजसो सेवाग्रही सरकारी अस्पतालको रिफर कार्ड लिएर नीजि अस्पतालमै उपचारका लागि जाने गरेका छन् ।

पाल्पा अस्पतालमा औषधि र उपकरणसँगै कर्मचारी नहुँदा बिरामीले अन्य अस्पतालमा उपचारका लागि सिफारिस लिएर जानुपरेको सेवाग्रहीको गुनासो छ । पहिले जुनसुकै अस्पतालमा बिमा मार्फत उपचार गर्न मिल्ने भएपनि यो आर्थिक वर्ष सुरु भएपछि बिमाका लागि पहिलो पटक सरकारी अस्पताल जानुपर्ने व्यवस्था छ ।

तर सरकारी अस्पतालमा सेवा सुविधा नपाएपछि पाल्पाका अधिकांश बिमा गरेका बिरामीको गुनासो छ । उपचारका लागि पाल्पा जिल्ला अस्पताल पुग्नुभएका रिब्दीकोट–८, का वीरबहादुर विकले उपचार नभएपछि रिफरको सिफारिस लिएर मिसन अस्पतालमा जानुपरेको गुनासो गर्नुभयो ।

पाल्पा अस्पतालमा आफूले लिने सेवा नपाएपछि आफूले एक दिन रिफरको सिफारिस गर्नका लागि समय खर्च गर्नुपरेको उहाँले सुनाउनुभयो । पाल्पा अस्पतालमै सेवा नपाउँदा रिफरका लागि एक दिन खर्च गरेर उपचार गर्न अर्को दिन नीजि अस्पतालमा जानुपर्ने बाध्यता रहेको उहाँको भनाई छ ।
पाल्पा जिल्ला अस्पतालमा स्वास्थ्य बिमा बोर्डबाट उपलब्ध हने नौँ सय ४३ प्रकारका औषधिमध्ये अहिले अस्पतालको फार्मेसीमा ५० थरिका औषधि मात्र उपलब्ध छन् ।

अस्पतालमा उपचार गर्न आउने बिरामीले फार्मेसीबाट औषधि नपाएको महिनौ हुँदासम्म पनि यस विषयमा अस्पताल प्रशासन, सरोकारवाला निकाय मौन छन् ।

स्वास्थ्य बिमाबाट सेवा लिएर सुबिधा हुन्छ की भन्ने बेला दुई वटा अस्पतालमा जानु परेर आफूहरूले सेवाभन्दा दुःख पाएको माथागढी–३, की खेककुमारी रानाले गुनासो गर्नुभयो । उहाँले अस्पतालमा उपचार नभएपनि रिफरको सिफारिस लिन आउँदा र जादा झण्झट भएको बताउँदै सरकारी अस्पतालबाटै सबै सेवा पाउनुपर्ने बताउनुभयो ।

रैनादेवी छहरास्थित भुवनवोखरीबाट उपचारका लागि पाल्पा अस्पताल पुग्नुभएका नारायणी पौडेलले अस्पतालमा आफूले नियमित खाने औषधि नपाएपछि लुम्विनी मेडिकल कलेजमा जानुपर्ने बाध्यता बनेको बताउनुभयो ।

तर पाल्पा अस्पतालका निमित्त प्रमुख डा.गगन अधिकारीले अघिल्लो वर्ष नीजि अस्पतालमै उपचार गरिरहेका बिरामी भएका कारण पनि रिफरको सिफारिस गर्नुपरेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys