X
0
Shares

बुटवल उपमहानगरपालिकामा सेवाग्राहीका लागि सहायता कक्ष

अमृत अधिकारी || २७ फाल्गुन २०७५,सोमबार ०८:४९

रानीमहल बुटवल, २७ फागुन । बुटवल उपमहानगरपालिकाले जनप्रतिनिधि सेवाग्राही सहायता कक्ष शुरु गरेको छ । सेवाग्राहीका कामलाई सहज र छरितो बनाउने उद्देश्यले खासगरी भवन निर्माण, घर नक्सासम्बन्धी काम र पूर्वाधार निर्माणका काममा सेवाग्राही तथा उपभोक्ता समितिका गुनासा आइरहेका बेलामा जनप्रतिनिधिले नै सहजीकरण गर्ने गरी सम्भवतः मुलुकमै पहिलोपटक यस्तो सेवाग्राही सहायता कक्ष बुटवलमा शुरु गरिएको हो ।

उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले सेवाग्राहीका काममा सहजीकरण ल्याउने र परिवर्तनको समेत अनुभूति दिलाउने लक्ष्यका साथ यस्तो कक्ष सञ्चालनमा ल्याइएको बताउनुभयो ।

उहाँले कुनै पनि जनप्रतिनिधिले जायज काममा पनि आनाकानी गर्ने, अतिरिक्त लाभको आशा गर्ने र सेवाग्राहीलाई झञ्झट दिने गरेमा उजुरी पेटिकामा विवरणसहित उजुरी दर्ता गराउनेसमेत व्यवस्था मिलाइएको जानकारी दिनुभयो । त्यस्ता उजुरीको छानबिन गरेर सम्बन्धित व्यक्तिलाई आवश्यकता अनुसारको निकायबाट जवाफदेही बनाइने बताउनुभयो ।

उपप्रमुख गुमादेवी आचार्यले नागरिक वडापत्रलाई व्यावहारिक बनाउने गरी कक्ष सञ्चालन गरिएको बताउनुभयो । सेवाग्राहीका गुनासा कम गर्ने र सेवाप्रवाहलाई चुस्त बनाउने उद्देश्यले नौलो थालनी गरिएको कार्यपालिका सदस्य तथा सहायता कक्षका संयोजक रञ्जित शेरचनले बताउनुभयो ।

जनप्रतिनिधि सेवाग्राही सहायता कक्षमा कार्यपालिका सदस्य नै पालैपालो निरन्तर रहने गरी समयतालिका मिलाइएको नगर कार्यपालिका सदस्य तथा वडा नं ६ का अध्यक्ष जगदीशचन्द्र आचार्यले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys