X
0
Shares

३६० केजी चरेससहित तीन भारतीय पक्राउ

अमृत अधिकारी || २७ फाल्गुन २०७५,सोमबार ०८:३८

रानीमहल धादिङ, २७ माघ : नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले धादिङको गजुरीबाट जाँचका क्रममा ३६० किलो चरेससहित तीन भारतीय नागरिकलाई आइतबार पक्राउ गरेको छ ।

काठमाडाँैबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा गजुरीस्थित प्रहरी जाँच गर्दा एसआर५५एम ९४८४ नंको भारतीय कन्टेनरबाट बोरामा हालिएको अवस्थामा बरामद गरेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नवराज ढुङ्गेलले बताउनुभयो ।

भारतीय ट्रकलाई लागुऔषध नियन्त्रण ब्यूरोले शङ्का लागि जाँच गरेको थियो । ट्रकको क्याबिनको माथिल्लो भागमा फल्स बम बनाई ल्याइएको अवस्थामा बोरा जाँच गर्दा सो लागुऔषध चरेस बरामद भएको हो ।

प्रहरीले चरेस कारोवारमा संलग्न भएको आरोपमा भारत मैनपुरी जिल्ला सुरवली थाना उत्तरप्रदेश निवासी गाडी चालक ६४ वर्षीय ओमप्रकाश र साहु भारत, मोतिहारी जिल्ला तुमरीय टोल रक्सोलका ३४ वर्षीय गुलाफ खानलाई पक्राउ गरेको हो । प्रहरीले ट्रक सहचालकसमेत पक्राउ गरेको भए पनि नाम खुलाएको छैन ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय गजुरीले हिरासतमा लिएको छ । सवारीसाधन र लागुऔषध बरामद गरिएकाले लागुऔषध ओसारपसारसम्बन्धी मुद्दा चलाइने प्रहरीले जनाएको छ । जिल्लामा प्रतिबन्धित लागुऔषध चरेस यति ठूलो मात्रामा बरामद गरिएको यो पहिलो पटक हो । (रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys