X

रुपन्देहीको देवदहमा एक युवाको हत्या

अमृत अधिकारी || २७ फाल्गुन २०७५,सोमबार ०७:११

रानीमहल वुटवल, २७ फागुन रुपन्देहीको देवदह नगरपालिकामा एक युवाको हत्या भएको छ । मोटरसाइकलमा सवार देवदह–५ का २० वर्षीय अनिश पुरीलाई अज्ञात समूहले गए राति आक्रमण गरी हत्या गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले जानकारी दिनुभयो ।

स्थानीय खैरेनीबाट भलुहीतर्फ जाँदै गर्दा उनीमाथि रड र ढुङ्गा प्रहार भएको तथा उपचारका लागि देवदह मेडिकल कलेज लगेपछि मृत घोषणा गरिएको थियो । सो घटनामा संलग्न भएको आशङ्कामा केहीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रनाउ मल्लले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys