X

प्रदेश र स्थानीय तहमा आधा पनि भएन कर्मचारी समायोजन

अमृत अधिकारी || २७ फाल्गुन २०७५,सोमबार ०२:४३

काठमाडौं – कर्मचारी समायोजन अन्तिमचरणमा पुग्नै लाग्दा प्रदेश र स्थानीय तहमा आवश्यक जनशक्तिको समायोजन आधा पनि हुनसकेको छैन । यो समाचार आजको नेपाल समाचारपत्रमा सुनील महर्जनले लेखेका छन् ।

संघीय, मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार हालसम्म ५३ हजार ६ सय १२ कर्मचारी समायोजन भइसकेको छ । ती कर्मचारीमध्ये संघमै समायोजन हुनेको संख्या ३४ हजार ७ सय ६३ जना रहेका छन् । संघमा ४७ हजार ९ सय २० कर्मचारी रहेकोमा संघमा नै फाजिलमा १ हजार ९४ जना कर्मचारी रहेका छन् ।

सरकारले प्रदेशमा २२ हजार ७ सय ५५ र स्थानीय तहमा ६७ हजार ५ सय ३ कर्मचारी समायोजन गर्ने गरी नयाँ दरबन्दी सिर्जना गरेको थियो । तर अहिलेसम्म प्रदेश र स्थानीय तहमा भनेजस्तो कर्मचारी समायोजन हुन सकेको छैन ।

केही दिनअघि काठमाडौँमा आयोजित कार्यक्रममा सामान्य प्रशासनमन्त्री लालबाबू पण्डितले भने ५५ हजार कर्मचारी समायोजन भइसकेको र बाँकी सबै यही फागुन मसान्तभित्र गरिसक्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys