X
0
Shares

पैसा र पोसपोर्टलगायत संवेदनशील सामाग्रीको छपाई नेपालमै गरिने

अमृत अधिकारी || २७ फाल्गुन २०७५,सोमबार ०२:२०

काठमाडौं २७, फागुन । पैसा, पासपोर्ट, राजस्व स्टिकर, हुलाक टिकटजस्ता संवेदनशील सामाग्रीको छपाइ नेपालमै गर्न सुरक्षण मुद्रण केन्द्र (सेक्युरिट प्रेस) स्थापना गरिने भएको छ । यसका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले फ्रान्ससँग समझदारी गरेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा विजय तिमल्सिनाले लेखेका छन् ।

सञ्चार तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटााको फ्रान्स भ्रमणका क्रममा यसै साता समझदारीपत्रमा हस्ताक्षर भएको हो ।समझदारीमा सुरक्षण मुद्रण स्थापनाका लागि तीन महिनाभित्र परियोजना सम्झौता गर्ने र तीन वर्षभित्र काम सक्ने उल्लेख गरिएको छ । सुरक्षण मुद्रण केन्द्र र फ्रान्स सरकारको स्वामित्व रहेको कम्पनी इन ग्रुपबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले फ्रान्स सरकारको स्वामित्वमा रहेको कम्पनीको प्रविधि र फ्रान्स सरकारको सहुलियतपूर्ण ऋणमा सुरक्षण मुद्रण स्थापना गरिने जानकारी दिनुभयाे । उहाँका अनुसार सुरक्षण मुद्रण स्थापनाको काम तीन चरणमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys