X

तेस्रो बयरघारी रमाईलो मेलामा हट एयर बेलुनमा दर्शक बढ्दै

अमृत अधिकारी || २६ फाल्गुन २०७५,आईतवार १३:५१

कला राना स्याङ्जा २६ फागुन । बयरघारी खेलमैदानमा जारी तेस्रो बयरघारी रमाईलो मेलामा हट एयर बेलुन चढ्ने व्यवस्था मिलाईएको छ ।
स्थानीय आँधीखोला पिस युथ क्लब भीरकोट नगरपालिका १ स्याङ्जाद्धारा शिक्षा स्वास्थ्य, खेलकुद र पर्यटन प्रर्वद्धनको लागी आयोजना गरिएको रमाईलो मेलाको नवौँ दिन शनिबार हट एयर बेलुनको उद्दघाटन गरिएको छ । बेलून चढ्नको लागी अहिलेसम्म करिव ३० जनाले सचिवालयमा सम्र्पक गरेका आयोजक क्लबका अध्यक्ष राजकुमार गुरुङले बताउनुभयो ।

हट एयर बेलुन

एक पटकमा ८ जना चढ्न उड्न सकिने हट एयर बेलुनमा सुरक्षाको दृष्ट्रिकोणले हालमा ५ जनालाई उडाईएको अध्यक्ष गुरुङले बताउनुभयो । बेलुन चढ्न ३ हजार रुपैँया शुल्क तोकिएको छ । बेलून २० मिनटसम्म माथि उड्नेछ । बेलुनबाट तेस्रो बयरघारी रमाईलो मेला अवलोकन गर्न सकिन्छ भने बयरघारी बजार तथा आँधीखोलाको मनमोहक दृष्य देख्न सकिन्छ ।

२ सय स्टल रहेकोे मेलामा औद्योगिक उत्पादनको प्रदर्शनी तथा विक्रि, कृषि उपजको प्रदर्शनी तथा विक्रि, हस्तकला प्रर्दशनी तथा विक्रि, सूचना प्रविधिका विषयमा जानकारी, अटोमोबाईल, पर्यटन प्रर्वद्धनका सामाग्रीको प्रदर्शनी, नगरपालिकामा रहेका धार्मिक ऐतिहासिक तथा पर्यटकीय स्थलहरुको बारेमा जानकारी दिईएको छ ।

पुरुष भलिबल प्रतियोगिता, खुल्ला कुस्ती प्रतियोगिता, राष्ट्रिय कलाकारको प्रस्तुति, नेपाली संस्कृति झल्कने नृत्य, हाँस्यब्याङग्य प्रस्तुति, बालउद्यान, लाईभ कन्र्सटलगायत विभिन्न मनोरञ्जनात्मक कार्यक्रम मेलाको आर्कषण रहेको छ । ८० लाख खर्च लाग्ने अनुमान गरीएको मेलामा १ करोडको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ । २० लाख बचत गर्ने आयोजकको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys