X

हुम्लामा चिसोले ३८ भेडाबाख्रा मरे

अमृत अधिकारी || २६ फाल्गुन २०७५,आईतवार १३:०९

रानीमहल हुम्ला, २६ फागुन/ सेर्कगार्ड गाउँपालिका–२ मा पर्ने विब्बुयाँ वनमा चिसोले ३८ भेडा बाख्रा मरेका छन् । भेडाबाख्रा पाल्दै आएका रिप गाउँका चुमा महताराका १७, गोपाल महताराका १५ र प्रकाश कार्कीका ६ भेडाबाख्राको मृत्यु भएको हो ।

lxdkftsf sf/0f d’:tfªdf e]8f Rofªu|fsf] d[To’
lxdfnL lhNnf d’:tfªsf] nf]dfGyfª– $ r’ªh’ª ufpFsf s[ifs g’8f9′ u’?ªsf] o; jif{sf] ef/L lxdkftsf sf/0f uf]7d} rf/ ;o %) j6f e]8f Rofªu|f d/]sf 5g . o; jif{ s[ifsx?nfO{ e]8f Rofªu|f kfng Joj;foaf6 w]/} Ifltsf ePsf] 5 . t:jL/ lg/h ysfnL, –l7gL_ d’:tfª /f;;

हिउँको समयमा गाउँभन्दा टाढा पालन गर्नका लागि विब्बुयाँमा लगातारको चिसो लागेर निमोनियाले भेडाबाख्रा दिनप्रति दिन मर्दै गएको पीडित चुमा महताराले बताउनुभयो । एकै पटक भेडाबाख्रा मर्दा समस्या भएको उहाँले बताउनुभयो । एउटाको करीब रु १५ देखि २० हजारसम्म मूल्य पर्ने गरेको छ ।

लामो समयको हिमपात रोकिएसँगै बढेको चिसोले गर्दा बाख्रा पालनमा समस्या भएको उहाँले बताउनुभयो । चरन क्षेत्रमा हिउँ भएका कारण गोठ नजिकै चराउन लैजाने ल्याउने गर्दा रातिको चिसोले गोठमा नै भेडाबाख्रा मरिरहेका बताइएको छ । बाख्रापालक कार्कीकाअनुसार चिसोले खसीमा निमोनिया बढेको र चरन क्षेत्रबाट ल्याएपछि घाँस नखाने, झोक्रिने जस्ता लक्षण देखिएका थिए । गोठभित्र धमाधम भेडाबाख्रा मर्न थालेपछि कृषकले स्थानीय भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रलाई जानकारी गराएका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys