X

छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

अमृत अधिकारी || २६ फाल्गुन २०७५,आईतवार १२:४७

सुरुङ्गा, २६ फागुन (रासस) : छुट्टाछुट्टै दुर्घटनामा परी झापामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका–३ राजगढका ६२ वर्षीय चुनु हेमरम र शिवसताक्षी–८ डुडामारीका ४९ वर्षीय महेन्द्र भट्टराई रहेका छन् ।

उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको ना ४ ख २०३६ नं को ट्रकले सडक पार गरिरहेका हेमरमलाई आज ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । ट्रकको ठक्करबाट हेमरमको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय धुलाबारीको नियन्त्रणमा राखिएको छ ।

यसैगरी पूर्व–पश्चिम राजमार्गको कमल गाउँपालिका–५ पाडाजुगीमा शनिबार राति सडक किनारमा रोकिराखेको कारमा मोटरसाइकल ठोक्किँदा महेन्द्र भट्टराईको मृत्यु भएको हो । प्रहरीका अनुसार सडक किनारमा रोकिराखेको बा १३ च ७५२७ नं को कारमा मे ९ प २९८८ नं को मोटरसाइकल ठोक्किँदा शिवसताक्षी–८ डुडामारीका ४९ वर्षीय महेन्द्र भट्टराईको मृत्यु भएको हो ।

पूर्वबाट पश्चिम जाँदै गरेको मोटरसाइकल कारमा ठोक्किँदा भट्टराईसँगै मोटरसाइकल चालक सोही ठाउँका कुमार गिरी घाइते भएका थिए । घाइते गिरीको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys