X
0
Shares

पाल्पामा दिनभर विद्युत नहुँदा सास्ती

अमृत अधिकारी || २६ फाल्गुन २०७५,आईतवार १२:३१

रानीमहल पाल्पा, २६ फागुन । जिल्ला सदरमुकाम तानसेन लगायतका क्षेत्रमा दिनभर लाइन नहुँदा स्थानीयले सास्ती भोग्नु परेको छ ।
विहानदेखि नै विद्युत नहुँदा यहाँका शैक्षिक संस्था, कप्प्यूटर व्यवसाय, उद्योग, संचार माध्यम, व्ययवसायिक प्रतिष्ठान लगायतका क्षेत्रका उपभोक्ताहरु मारमा परेका छन् ।

विद्युत नहुँदा मोवाइल चार्ज गर्न, खाना पाकाउन, संचार उपयोगमा समेत समस्या भएको स्थानीयले जनाएको छ । विद्युत प्राधिकरण पाल्पाले भने बुटवल झुम्सा ३३ केभी खण्डमा लाइनमा समस्या आएको कारणले बिहान १० बजे देखि पाल्पा जिल्लाभर लाइन अवरुद्ध भएको जनाएको छ ।

प्राविधिक टोलीहरु उक्त स्थानमा लाइन पेट्रोलिङका लागि खटिइसकेका हुँदा समस्या पत्ता लगाउने प्रयासमामा रहेका प्रमुख राम श्रेष्ठले रानीमहललाई बताउनुभयोृ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys