X

पूर्वखोलामा नारी दिवशको अवसरमा कार्यक्रम

अमृत अधिकारी || २६ फाल्गुन २०७५,आईतवार १२:२०

डिल्लिराज पंगेनी पाल्पा, २६ फागुन । पूर्वखोला गाउँपालिका र रामपुर नगरपालिका–९ वडामा को आयोजनामा ३९ औ नारी दिवसको अवसरमा बिबिध कार्यक्रम गरी मनाइएको छ ।

कार्यक्रम पूर्वखोलाको हेक्लाङ, देवीनगर, जल्पा रिङ्नेरह, सिलुवामा महिलाहरु जम्मा भएर बिबिध कार्यक्रम गरेका छन् । सिलुवामा वडा कार्यालयमा मनकामना महिला सहकारी, सुआहारा लगायतले सयुक्त रुपमा कार्यक्रम गरेका छन् ।

कार्यक्रम सहकारीका अध्यक्ष कमला ढकालको अध्यक्षतामा भगवती सारुको संचालनमा भएको कार्यक्रमको प्रमुख अतिथि गाउँपालिका वडा सदस्य चोलाकान्ती ढकाल रहनु भएको थियो ढकाले महिला हरु अन्याय सहेर नबस्न समेत महिला दिदि बैनी हरुलाइ आग्रह गर्नु भयको थियो ।

कार्यक्रममा अस्मिता विक विनिसरा मश्राङ्गी, सुआराको फिल्ड सुपरभाइजर सागर हिस्की लगायतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा सांस्कृतिक कार्यक्रम समेत राखिएको थियो ।

यस्तै रामपुर नगरपालिका–९ जब्गादीमा अन्धकार बचत तथा ऋण सहकारीले पनि विविध कार्यक्रम गरेर मनाएको छ । कार्यक्रममा उत्कृष्ठ सहकारी केन्द्र तथा बचत क्रर्ता ऋणी तथा उत्कृष्ठलाई समेत सम्मान गरेको थियो यस्तै अन्य वडाहरुमा अन्य विविध कार्यक्रम गरेरे नारी दिवस सम्पन्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys