X
0
Shares

रानीमहलकर्मी डाेटेल सहित ७ पत्रकारहरु सम्मानित

अमृत अधिकारी || २६ फाल्गुन २०७५,आईतवार १२:१०

रानीमहल पाल्पा रामपुर २६ फागुन । १०९ औं अन्र्तराष्ट्रिय महिला दिवसको अवसरमा रामपुर नगरपालिकाले पाल्पाका इरानीमहल डट.कमका संवाददाता सीता डोटेल सहित सात पत्रकार महिलालाई सम्मान गरेको छ । पत्रकारिताको माध्यमबाट निरन्तर रूपमा समाज विकास र खवरदारी मार्फत समाजमा चेतना फैलाउन सक्रिय भएको भन्दै कदर गर्दै सम्मान गरेको नगरपालिकाले जनाएको छ ।

महिला तथा बालबालिका शाखाले महिला दिवसको अबसर पारेर गरेको कार्यक्रममा पाल्पाली पत्रकारितामा एकदशक देखि सक्रिय पत्रकार सीता डोटेल सहित अन्य ६ पत्रकारलाई सम्मान गरेको हो । पत्रकार डोटेल रानीमहल डट.कम., दैनिक पत्र र हाम्राकुरा डट.कम.मा लगायत विभिन्न सञ्चारमाध्यममा आबद्ध रहनुभएको छ । डोटेल सँगै सोही अबसरमा पत्रकारहरु राससका शुसिला रेग्मी, सिर्जना घिमिरे, मेचिकाली दैनिकका बन्दना पोखरेल, रेडियो रामपुरका रमा भण्डारी, रेडियो पाल्पाका कल्पना सोमै र मुना आलेलाई सम्मान पत्र सहित सम्मान गरेको हो । रेडियो रामपुरमा केही समय काम गर्नुभएकी हलिमा खातुनलाई पनि सम्मान गरिएको छ ।

सोही अवसरमा महिलाको क्षेत्रमा योगदान पुर्याउनु हुने अगुवा महिलाहरुलाई पनि सम्मान गरिएको छ । २०६५ देखि ०७१ सालसम्ममा गाउँ उत्थान समन्वय समितिको संयोजक भएर काम गर्नुभएका शारदा आचार्य, सरस्वति अधिकारी, धनकुमारी चापागाई, दुर्गादेवी राना, विष्णुमाया अर्याल, रमादेवी अर्याल भण्डारी, दुर्गादेवी भण्डारी, डिलमाया उपाध्याय, बिमला थापा क्षेत्री, नरमाया अर्याल लाई सम्मान गरिएको छ । त्यस्तै स्वर्गिय परमेश्वरी घिमिरेलाई मरणोपरान्त सम्मान गरिएको छ ।

सम्मान गर्दै प्रदेश नं ५ का प्रदेश सभा सदस्य रमा घर्तीले संविधानमा महिलाको अधिकारका बारेमा प्रष्ट लेखिएको बताउँदै सबै महिलालाई समेट्ने गरि कार्यान्वयनमा जानुपर्ने बताउनुभयो । महिलाले चाहेमा गर्न नसक्ने केही नभएको बताउँदै आर्थिक रुपमा सवल बन्न आयआर्जनमा लाग्नुपर्ने भएका स्थानीय तहसँगै प्रदेश सरकारले यसलाई प्राथमिकतामा राख्ने बताउनुभयो । हामी महिलाका मुद्धालाई लिएर बहसमा अडिक छौं घर्तीले भन्नुभयो । महिलामैत्री समाजका लागि हामी प्रतिवद्ध भएर लाग्नेछौं ।

कार्यक्रममा नेपाल महिला संघका क्षेत्रिय सभापति एवं नेपाली कांग्रेसका महासमिति सदस्य विष्णुमायाँ ढकालले महिलाहरुले अधिकार प्राप्त गरे पनि निर्णायक तहमा अझै पुग्न नसकेको भन्दै यसका लागि आवाज उठाउनु पर्ने बताउनुभयो ।
अखिल नेपाल महिला संघ क्षेत्रीय अध्यक्ष राधिका भण्डारी, नेपाल महिला संघ रामपुरका सभापति शारदा आचार्य, अखिल नेपाल महिला संघ रामपुरका अध्यक्ष दुर्गादेवी राना, कार्यपालिका सदस्य दुर्गादेवी भण्डारी, रामपुर नगरपालिका ३ का वडाअध्यक्ष दिनेशकुमार खनाल, सम्मानित पत्रकार सीता डोटेल, सम्मानित तत्कालिन महिला समन्वय समिति रामपुरका अध्यक्ष रमा भण्डारी, सुआहारा कार्यक्रमका फिल्ड सुपरभाइजर सन्जु परियार लगायतले महिला दिवस सन्दर्भ र महिलाका अबस्थाका बारेमा बोल्दै महिलाले अबसर सँगै क्षमतावान बन्न आग्रह गर्नुभएको थियो ।

रामपुर नगरपालिकाका कार्यबाहक प्रमुख तिर्थप्रसाद पंगेनीको अध्यक्षता कार्यपालिका सदस्य बालकुमारी थापाको स्वागत तथा न्यायपालिका सदस्य पार्वती परियारले धन्यवाद दिनुभएको कार्यक्रम महिला, बालबालिका तथा समाज कल्याण शाखाका सहायक महिला विकास निरिक्षक तथा कार्यक्रम संयोजक पुजा परियारले सञ्चालन गर्नुभएको हो । कार्यक्रम अघि व्यानर, प्लेकार्ड सहित सहभागी ¥यालीले बेझाँड बजार परिक्रमा गरि कार्यक्रममा परिणत भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys