X
0
Shares

रामपुरमा ट्रेड युनियन काग्रेंस तदर्थ समिति गठन

अमृत अधिकारी || २६ फाल्गुन २०७५,आईतवार १२:०१

सीता डोटेल पाल्पा २६ फागुन । पाल्पाको रामपुरमा नेपाल टे«ड युनियन कागें्रसको तदर्थ समिति गठन भएको छ । रामपुरमा बसेको विभिन्न पेशा व्यवसायीको प्रथम नगर अधिवेसनको बन्द सत्रले ओम प्रकाश बस्यालको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति गठन गरेको हो । समितिको खुला उपाध्यक्षमा आनन्द पन्त, महिला उपाध्यक्षमा शान्ति अधिकारी, सचिवमा बिक्रम घिमिरे, सहसचिवमा माधव वाग्ले, कोषाध्यक्षमा पार्वती परियार सदस्यहरुमा तिर्थ भण्डारी, मञ्जु भट्ट र नारायण प्रसाद सिग्देल रहनुभएको छ । ११ सदस्यीय समितिमा २ सदस्य पछि मनोनित गर्नेछ ।

नेपाली कागें्रसका जिल्ला उपसभापति देवराज ढकालले प्रथम अधिवेसन उद्घाटन गर्दै सक्रियता र सफल संस्थाको लागि शुभकामना दिनुभयो । अब काम गर्ने मनसायले संस्था जन्मिनुपर्छ, यस संस्थाले पेशा व्यवसायमा लागेकाहरुको हितमा काम गरोस् भन्ने म चाहन्छु–यस्तै नेतृत्व सदा होस् ढकालले भन्नुभयो ।
नेपाली कांग्रेसका महासमिति सदस्य तथा रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले जिम्मेवारी लिएपछि कुशलता पुर्वक जिम्मेवारी निर्वाह गर्नुपर्ने बताउदै सधै सक्रिय नेतृत्वको लागि शुभकामना दिनुभयो ।

नेपाल टे«ड युनियन पाल्पाका अध्यक्ष लक्ष्मण रायमाझीले संघिय संरचना अनुसार जिल्लाका हरेक तहमा टे«ड युनियन गठन कार्यलाई तिव्रता दिएको बताउनुभयो । हाल सम्म पाल्पाका रम्भा, निस्दी, बगनासकाली, माथागढी गाउँपालिका र रामपुर नगरपालिकामा टे«ड युनियन काग्रेंस गठन भइसकेको र अन्य स्थानीय तहमा पनि गठन गर्ने जानकारी दिनुभयो ।

नेपाल टे«ड युनियन काग्रेंस महासंघमा २६ बिभिन्न संघसंस्था आबद्ध रहेको टे«ड युनियन पाल्पामा नेपाल शिक्षक संघ, नेपाल ब्युटिसियन संघ, नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ, नेपाल बित्तिय संस्था कर्मचारी संघ, नेपाल स्वास्थ्यकर्मी संघ, नेपाल प्रेस युनियन, नेपाल कृषि श्रमिक संघ, नेपाल गृह श्रमिक संघ, नेपाल यातायात मजदुर संघ, नेपाल नाइ संघ, नेपाल पर्यटन होटल क्यासिनो श्रमिक संघ र नेपाल इम्बोइडरी हेण्डिक्रयाफ्ट तथा सिलाई बुनाई श्रमिक संघ लगायतका १२ संघसंस्था आबद्ध छन् ।

सोही अबसरमा कांग्रेस महाधिवेशन प्रतिनिधि विष्णुमाया ढकाल, जिल्ला सदस्य तीर्थप्रसाद पंगेनी, रामपुर नगर सभापति नेत्रप्रसाद भट्टराई, नगर सल्लाहकार ऋषिराम भट्टराई, नेपाल तरुण दल केन्द्रिय प्रतिनिधि भोजेन्द्रप्रकाश ढकाल, नेपाल टे«ड युनियन प्रदेश सहसचिव शारदा पाण्डे, जिल्ला सदस्य युवराज अधिकारी, नेपाल टे«ड युनियन निस्दी अध्यक्ष भेषबहादुर अधिकारी, काग्रेंस रामपुर नगर सचिव चिरन्जीवी सिग्देल, रामपुर नगरपालिका ५ का वडाध्यक्ष हिमाल मल्ल, ६ का वडाध्यक्ष हुमनाथ न्यौपाने, निस्दी गाउँपालिका १ का वडाध्यक्ष पूर्णबहादुर खाँण, नेपाल शिक्षक महासंघका केन्द्रिय प्रतिनिधि बालकृष्ण लम्साल, नेपाल शिक्षक संघ केन्द्रिय प्रतिनिधि सुन्दरप्रसाद देवकोटा, संघका प्रदेश सदस्य दामोदर तिमिल्सिना, नेपाल महिला संघ नगर सभापति शारदा आचार्यले शुभकामना दिनुभएको थियो ।

कमला बस्ताकोटीले स्वागतबाट शुरु भएको कार्यक्रम नेपाल टे«ड युनियन कांग्रेस जिल्ला उपाध्यक्ष मनिराज अधिकारीको अध्यक्षतामा भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys