तिनाउँ गाउँपालिकामा जेष्ठ नागरिक दिवा सेवा कार्यक्रम
अमृत अधिकारी || २३ फाल्गुन २०७५,बिहीबार १३:२३
रानीमहल पाल्पा २३ फागुन । जिल्लाको तिनाउँ गाउँपालिकाका जेष्ठ नागरिकहरुको भेला सम्पन्न भएको छ । समितिका अध्यक्ष इश्वरी प्रसाद पाण्डेको अध्यक्षतामा भएको भेलाको प्रमुख अतिथि गाउँपालिकाका प्रमुख ओमबहादुर घर्ती मगर रहनुभएको थियो ।
प्रमुख अतिथि घर्तीले गाउँपालिकाले जेष्ठ नागरिक दिवा सेवा कार्यक्रम सुरु गरेको वर्ष दिन पुगेको अवसरमा भेला गरिएको बताउनुभयो । उहाँले प्रत्येक महिना जेष्ठ नागरिकलाई भेला गराएर खाना खुवाउने, नाचगान गराउने, भजन किर्तन गराउने गर्दै आएको बताउनुभयो ।
उहाँले आगामि वर्षदेखि बजेट नै विनियोजन गरेर प्रत्येक वडामा जेष्ठ नागरिक दिवा सेवा कार्यक्रम संचालन गर्ने बताउनुभयो ।
कार्यक्रममा परमानन्द बालवृद्ध कल्याण संघ पाल्पाबाट कमलराज पौडेल, धर्मचक्र नेपाल, खड्कबहादुर कूँवर लगायतको उपस्थिति रहेको थियो । जेष्ठ नागरिक समन्वय समिति तिनाउँको अध्यक्ष तथा वडा नं. ३ का अध्यक्ष प्रेम पाण्डेको संचालनमा कार्यक्रम भएको थियो । कार्यक्रममा वडा अध्यक्ष रोमबहादुर लम्तरी, दानबहादुर गाहा, दलबहादुर दर्लामी, पम्फा दर्लामी लगायतले जेष्ठ नागरिकको योगदाको बारेमा चर्चा गर्नुभयो ।