X

शैक्षिक सुधारमा शिक्षक र अभिभावकको भूमिका महत्वपूर्ण : सांसद घर्ती

अमृत अधिकारी || २३ फाल्गुन २०७५,बिहीबार १२:३६

रानीमहल पाल्पा, २३ फागुन । रिव्दिकोट गाउँपालिका वडा नं. ५ कुसुमखोलामा अवस्थित भवानी माध्यमिक विद्यालयको ६२ औं वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न भएको छ । कार्यक्रम प्रदेश नंं. ५ का प्रदेश सांसद तुलाराम घर्तीले उद्घाटन गर्नुभयो ।

वार्षिकउत्सव कार्यक्रममा प्रमुख अतिथि घर्तीले शिक्षा क्षेत्रको सुधार सहित शैक्षिक गुणस्तर अभिवृद्धिमा शिक्षक र अभिभावकको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । उहाँले अबको शिक्षा वैज्ञानिक र व्यवसायीक हुनुपर्ने बताउँदै विद्यालयमा प्राविधिक शिक्षा संचालनको लागि आफूले सक्दो सहयोग गर्ने बताउनुभयो ।

उहाँले विद्यालयले सुस्त श्रवण (विशेषकक्षा संचालन) लाई जिल्लाकै उदारहणीय बनाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रुद्र प्रसाद आचार्यले विद्यालयको वार्षिक तथा आय व्यय प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

सहायक शिक्षक गिरीजा कोइरालाको स्वागतबाट सुरु भएको कार्यक्रम शिक्षक विश्वराज नेपालको संचालन र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर थापाको अध्यक्षतामा भएको थियो ।

वार्षिकत्सव कार्यक्रममा विद्यालयले विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरेको थियो । कार्यक्रममा विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys